डडेल्धुरामा हलिया पुर्नस्थापनाको साढे २ करोड अनियमितता-अख्तियारमा उजुरी

  • फागुन १४, २०७६
  • कालापानी मिडिया
alt

डडेल्धुरा । डडेल्धुरामा मुक्त हलिया पुर्नस्थापनाका लागि आएका झण्डै साढे २ करोड बजेट स्थानीय तहका जनप्रतिनिधीको मिलेमतोमा दुरुपयोग गरिएको आरोप लागेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिकामा मुक्त हलिया पुर्नस्थापनाका लागि गत वर्ष आएको दुई करोड ४४ लाख ३५ हजार बजेटमाथि अनियमिता गरिएको आरोप लगाइएको हो।

मुक्त हलियाको पुनस्र्थापना कार्यक्रम संञ्चालनका लागि नेपाल सरकारले गाउँपालिकामा पठाएको बजेट अन्य शिर्षकमा खर्च गरिएको भन्दै अनियमितता भएको दावीसहित स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन्।

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लसहित तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा उजुरी दिइएको हो।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी समेत बोधार्थ दिएर हुलाकमार्फत गाउँपालिकाका अध्यक्ष, तत्कालीन कार्यकारी अधिकृत करुणाकर पन्त र लेखापाल दिलबहादुर ऐर विरुद्ध उजुरी परेको हो।

गाउँपालिकाको वडा नम्बर ३ र ४ का करिब ८४ मुक्त हलिया परिवारको पुनस्र्थापनाका लागि गत वर्ष २ करोड ४४ लाख ३५ हजारमाथि अनियमितता भएको दावी गर्दै कारवाहीको मागसहित हुलाकमार्फत उजुरी दिइएको हो।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले अनियमितता भएको भन्दै अख्तियारमा पठाइएको उजुरीको बोधार्थ आफूलाई पनि दिइएको जानकारी दिए।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले हुलाकमार्फत उजुरी हालिएको सुनेपनि कार्यालयमा नपुगेको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved