वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित नगर्ने प्रधानमन्त्रीको निर्णय

  • फागुन १४, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौँ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने गरी सिफारिस गर्न नेकपा सचिवालय बैठकले गरेको अनुरोध पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर ओलीले गौतमको नाममा सहमति जनाउन नसकिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीको निर्णय नमानेसँगै नेकपामा गम्भीर विवाद देखिने भएको छ । सचिवालय बुधबार बिहान बालुवाटारमा बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । बैठकपछि राष्ट्रपतिसमक्ष गौतमको नाम सिफारिस गर्न जानकारी दिइएको थियो । प्रधानमन्त्रीले ओलीले गौतमलाई सिफारिस नगर्ने आफ्नो अडान पार्टी नेताहरूलाई जानकारी गराएका छन् । प्रधानमन्त्रीले अर्थमन्त्री डा। युवराज खतिवडालाई नै निरन्तरता दिने अडान राखेका छन् ।

फागुन २० गतेदेखि राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित डा. खतिवडाको कार्यकाल सकिँदै छ । बुधबारकै बैठकले संविधान संशोधनका लागि भनी प्रचार गरिएको नेता माधवकुमार नेपाल संयोजक रहेको कार्यदल भंग पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved