दिल्ली हिंसामा परी इन्टिलिजेन्स ब्यूरो अफिसर मारिए

  • फागुन १५, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतको राजधानी दिल्लीमा गत आइतबारदेखि भइरहेको हिंसामा परी इन्टिलिजेन्स ब्यूरो अफिसर मारिएका छन् । २६ वर्षीय आइबी अफिसर अंकित शर्मालाई उत्तरपूर्वी दिल्लीमा भीडले ढुंगाले किचेर मारेको हो ।

नागरिकता विधेयक आइसकेपछि त्यसको विरोध गर्दै मुस्लिम समुदाय उत्रिइरहँदा दिल्लीमा चरम रुप लिएको हो । दिल्लीमा सुरुआतमा हिन्दूमाथि समेत आक्रमण हुन थालेपछि पछिल्लो समय हिन्दूहरु पनि प्रतिकारमा उत्रिन थालेका छन् ।

अहिलेसम्म २७ जनाको ज्यान गएको छ । २ सय ५० भन्दा बढी घाइते भएका छन् । पहिलो दिनमै आन्दोलनकारीले प्रहरी अधिकृतलाई गोली हानेर मारेका थिए ।

मंगलबार आइबी अफिसर शर्मा कामबाट दिउँसो ४ः३० मा फर्कदै थिए । उनलाई छुरा प्रहार गरी नालीमा फालिएको अवस्थामा भेटिएको उनका भाइ अंकुरले बताएका छन् । जीटीबी अस्पतालमा २५ तथा जेपी अस्पतालमा २ जनाको मृत्यु भएको हो ।

मोदीले गरे शान्तिको अपिल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिंसाको तेस्रो दिन शान्ति बनाइराख्न आग्रह गरेका छन् । उनले भाइचारा राख्न पनि अपिल गरेका छन् ।

त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि शान्तिका लागि आग्रह गरेका छन् । उनले हिंसा प्रभावित क्षेत्रमा सेना तैनाथ गर्न केन्द्र सरकारलाई आग्रह गरेका छन् ।

दिल्ली पुलिसका अनुसार १०६ जना हिंसा फैलाउने मानिसहरु पक्राउ परेका छन् । आपसमा भौतिक सम्पत्ति नष्ट गर्ने काम पनि भएको छ । घरहरु पनि जलाइएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved