बाबुरामको प्रस्तावमा कमल थापाको सर्मथन

  • फागुन १६, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानविनका लागि संसदमा आवाज उठाएपछि राप्रपा अध्यक्ष कमल थापाले त्यसको समर्थन गरेका छन् । बिहीबार ट्वीट गर्दै अध्यक्ष थापाले २०४७ सालदेखि सार्वजनिक पदधारण गरेका सबैको सम्पति छानविन गरियोस् भन्ने माग राप्रपाले १० बर्षदेखि उठाउँदै आएको उल्लेख गरेका छन् ।
kt
थापाको ट्वीटको उत्तरदिँदै भट्टराईले लेखेका छन्, ’धन्यवाद मित्र ! तर उच्च राजनीतिकरप्रशासनिक तहको भ्रष्टाचार छानविनको’कट अफ प्वाइन्ट’ सापेक्ष ढंगले खुलापन आएको २०४७ साल सट्टा पंचायती निरंकुशकाललाई पनि बनाए कसो होला ?
 
bb
बुधबारको प्रतिनिधिसभा बैठकमा भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका थिए । ’गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’, भट्टराईले प्रश्न गरे, ‘म लगायत हामी सबै साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौँ। आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’  डा.भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न गरेका थिए। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved