राष्ट्रपति भण्डारीले आज उग्रताराको दर्शन गर्र्दै

  • फागुन १६, २०७६
  • कालापानी मिडिया
alt

प्रकाश विसी
डडेल्धुरा । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गर्ने भएकी छन् । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले शुक्रबार बिहान १० बजे अमरगढी नगरपालिका–८ मा रहेको प्रसिद्ध उग्रतारा भगवतीको मन्दिरको दर्शन गर्ने भएका हुन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार बिहान उग्रतारा मन्दिरमा माता भागवतीको दर्शन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी जगनाथ पन्तले जानकारी दिए । जिल्ला सदरमुकामभन्दा पाँच किलोमिटर टाढा उत्तरतर्फ महाकाली राजमार्गको छेउमै अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा पुगि राष्ट्रपति भण्डारीले माता भगवतीको दर्शन गर्ने भएपछि मन्दिर परिसरमा सरसफाइ गरिनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Ugratara sarasafai  3

बिहीबार बिहानैदेखि मन्दिर परिसरमा सरसफाइ गरिएको हो। राष्ट्रपति भण्डारीलाई अमरगढी नगरपालिकाले सम्मान स्वरुप उपहार प्रदान गर्ने कार्यक्रम रहेको अमरगढी नगरपालिकाले जनाएको छ । बैतडी, दार्चुलाका स्थानीय तहहरुले राष्ट्रपति भण्डारीको भ्रमणमा सार्वजनिक बिदा दिएपनि डडेल्धुरामा भने दिइएको छैन । मन्दिरमा माताको दर्शन कार्यक्रम मात्रै रहेकाले सार्वजनिक बिदा नदिइएको अमरगढी नगरपालिकाले जनाएको छ ।

राष्ट्रपतिको उग्रतारा मन्दिर दर्शनका बेला जनप्रतिनिधिलगायत कर्मचारी मन्दिरका पुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारमा रहेको वेदविद्याश्रमा अध्ययनरत बटुकलगायत उग्रतारा क्षेत्र विकास समिति पदाधीकारी, पूर्व पदाधिकारीहरूले स्वागत गर्ने समिति अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved