किताबको करविरुद्ध डडेल्धुरामा पनि नेविसंघको प्रदर्शन

  • फागुन १८, २०७६
  • कालापानी मिडिया
alt

१८ फागुन, डडेल्धुरा । डडेल्धुरामा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारले पुस्तकमा लगाएको कर फिर्ता लिनुपर्ने माग राख्दै प्रदर्शन गरेको छ।

सरकारले हालै आयातित पुस्तकमा १० प्रतिशत कर लगाउने निर्णय गरेपछि नेविसंघले देशभर विरोध गर्दै आइरहेको छ। सोही कार्यक्रम अनुसार डडेल्धुरामा पनि पदर्शन गरिएको हो।

kk

नेविसंघले किताबमा लगाइएको करसँगै इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानुनी कारबाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शन गरेको नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीले बताए।

नेविसंघले डडेल्धुरा बहुमसखी क्याम्पस डडेल्धुरा अगाडि प्रदर्शन गरेको उनले बताए। बढेको कर फिर्ता नगरेसम्म नेविसंघले आन्दोलन जारी राख्ने भण्डारीले बताए।

85210416_1796711450465334_8338166950593036288_o

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved