सातौं लोकेन्द्र स्मृती राष्ट्रिय जुडो प्रतियोगिता सुरु

  • फागुन २०, २०७६
  • कालापानी मिडिया
alt

मनोज माझी

२० फागुन,सप्तरी ।
स्थानिय राजरंगशालामा सोमबारदेखी स्व. लोकेन्द्र कुमार श्रेष्ठ स्मृती सातौं राष्ट्रिय व्यपी जुडो प्रतियोगिता सुरु भएको छ । जिल्ला जुडो संघको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले उद्घाटन गरेका छन् ।

judo

सो अवसरमा उनले योग्य खेलाडी उत्पादन तथा देशलाई माथी उठाउन यस्ता प्रतियोगिताले ठूलो मद्दत पु¥याउने बताए । उनले प्रतियोगितालाई सफल बनाउन स्व. लोकेन्द्र श्रेष्ठका परिवारले गरेको योगदान महत्वपूर्ण रहेको समेत बताए । मारुती ग्यास उद्योग प्रालि दुहबी मुख्य प्रायोजक रहेको प्रतियोगितामा तीन विभागिय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै काठमाडौं, ललितपुर, भक्तपुर, धनुषा, पर्सा, बारा, सुनसरी, सिरहा, मोरङ, उदयपुर, झापा, बाँके, बर्दिया, इलाम, रसुवा, कास्की, कैलाली, गोरखा, नुवाकोट, कंचनपुर आयोजक सप्तरी गरि २५ टिमको सहभागिता रहेको छ ।

judo1

जुडो संघका उपाध्यक्ष पियुस श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष खडक बहादुर दाहाल, संघका जिल्ला महासचिव नवनित झा, भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर लगायतले शुभकामना दिएका थिए । प्रतियोगिताको फाइनल खेलहरु मंगलबार सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved