थरुहटको २ दिन आमहड्तालले दाङको जनजीवन प्रभावित

  • फागुन २०, २०७६
  • कालापानी मिडिया
alt

दाङ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको २ दिने बन्दका कारण दाङको जनजीवन बिहानैदेखि प्रभावित भएको छ ।

गत पुस २२ गते सरकारसंग १४ बुदे माग राखी आफनो माग सम्बोधन गर्न १५ दिने अल्तिमेटमसहित ज्ञापन पत्र बुझाए पनि सरकारले आफुहरुको माग प्रति कुनै सुनुवाई नगरेको भन्दै आम हड्तालको घोषणा गरिएको जिल्ला संयोजक जनकुलाल चौधरीले बताए । त्यसैगरी उनले सांसद रेशम चौधरी लगाएतका ११ जना बन्दीहरुलाई विनाशर्त रिहा गर्नु पर्ने माग प्रमुख रुपमा अगाडि सारिएको समेत बताए ।

रिहाईका लागि सरकारलाई दबाब सिर्जना गर्न भन्दै फागुन २० र २१ गते तराईका जिल्लाहरु नवलपरासीदेखि कञ्चनपुरसम्म आमहड्तालको आह्वान गरिएको छ । मोर्चाका महासचिव तुलसी थारुले तीन दिन अगाडि प्रेस विज्ञप्ति जारी गर्दै दुईदिने आम हड्तालको आह्वान गर्नुपरेको उल्लेख गरेका छन् ।

बन्दका कारण दाङका बजार, कलकारखाना, उद्योगधन्दा, ब्यापार ब्यबसाय, शिक्षण संस्था लगाएत सवारी साधनहरु पूर्ण रुपमा बन्द रहेका छन् । तर बन्दकर्ताहरुले अति आबश्यक सवारी साधन, शव वाहन, दुध बोक्ने गाडी, मानवअधिकारकर्मी, पत्रकार, पर्यटन र कुटनितिक नियोगका सवारी साधनलाई सञ्चालन हुन दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved