बिप्लव माओवादीका जिल्ला सदस्य न्याउलोले गरे आत्मा समर्पण 

  • फागुन २०, २०७६
  • कालापानी मिडिया
alt

प्रदिप मलासी
बझाङ । एकिकृत जनक्रान्तीको माध्यम बाट राज्य व्यवस्थालाई परिर्वतन गर्ने आषय लिएको नेत्र बिक्रम चन्द बिप्लव नेतित्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा बिप्लवका जिल्ला कमिटी बझाङ्का सदस्य न्याउलो भनिने नरेन्द्र धामीले जिल्ला प्रशासन कार्यालय बझाङ्मा आत्मासर्मपण गरेका छन ।
सार्वजनिक सम्पति टोडफोड मुद्धामा जिल्ला अदालत बाट २ लाख र अभद्रव्यवहार मुद्धामा २० हजार धरौटीमा छुटेका धामीले आगामी दिनमा नेकपा बिप्लवका कुनै पनि गतिबिधिमा संग्लन नरहने बताए । उनले हिजोको जस्तै साधारण किसानी काम गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा आत्मा समर्पणरेका हुन ।

केहि समय अगाडी केदारस्यु गाउँपालिकाको वडा ६ भामचौर वडा कार्यालयमा आगजनी सहित टोडफोड गर्ने ग्रुपमा संग्लन भएको थाहा पाए पछि नेकपा बिप्लवको लिष्टमा नाम परेका नरेन्द्र आफु नेपाली काँग्रेसको क्रियाशिल सदस्य भएको र कसले कुन बेला मेरो नाम दिएको थाहा नभएको वताउछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved