विदेशीको भर किन पर्नु हुन्छ ? तपाईहरु आफै पैसा हाल्नुस न यार ! -शेरवहादुर देउवा

  • फागुन २०, २०७६
  • कालापानी मिडिया
alt

धनगढी । नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती निमार्णका लागी सबै पार्टी लाग्नुपर्ने बताएका छन्। मंगलबार धनगढीमा जारी विश्व नेपाली साहित्य महोत्सवको समापन कार्यक्रममा बोल्दै देउवाले सुदूरपश्चिमको विकासमा टेवा पुर्याउने उक्त जलविद्युत आयोजना निमार्णका लागी सबै नेपाली लाग्नुपर्ने बताएका हुन्।

‘सुदूरपश्चिमका जनता धनी भइसके, पैसा हाल्नुस न यार ! आफै बनाउनुस, विदेशी ल्याउने कामै छैन’ उनले भने ‘नेपाली आफैले बनाउने अनि नाफा पनि आफै लिने। ‘उक्त आयोजना निमार्णका लागि जग्गाको समस्या भए सेयर बाढ्ने अथवा तीनीहरुलाई पैसा दिइने दउवाले वताए।
उक्त जलविद्युत आयोजना निमार्ण भएपश्चात सुदूरपश्चिमका जनाताले निःशुल्क उक्त विद्युत उपभोग गर्न पाउनुपर्ने देउवाको भनाइ छ। सबैले सहयोग गरे पश्चिम सेती बनिसकेपछि नेपाल धनी देश बन्नेमा आफु विश्वस्त रहेको उनले बताए।

फरक प्रसंगमा बोल्दै उनले नेपाली भाषाको उद्गम विन्दु सुदूरपश्चिम रहेको बताए। आजभोली डोट्याली भाषा हराउदै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। ‘हाम्रो सुदूरपश्चिमका भाषा हराउँदै गएको छ। यहाँका मान्छेले हाम्रो भाषा बोल्नै छोडेका छन्’ उनले भने ‘आजभोली अंग्रेजी बोल्छन्। झन धनीहरुका छोराछोरीले त नेपाली बोल्नै जान्दैनन्।’

नजिकै भारतमा रहेको देहेरादुनका नेपालीले यहाँकोभन्दा राम्रो भाषा बोल्ने गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved