कोरोनाको त्रासमा ५४ हजार कैदी रिहा

  • फागुन २१, २०७६
  • कालापानी मिडिया
alt

बिबिसी । धेरै चाप भएका कारागारमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ। इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड १९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए। पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका सुरक्षासँग सम्बन्धित कैदीहरीलाई भने छाडिएको छैन।

एक ब्रिटिश सांसदका अनुसार इरानको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्नेछिन्। ट्यूलिप सिद्दिकले इरानी राजदूतलाई उद्धृत गर्दै जाग्हारी रेट्क्लिफ सम्भवतः केही समयका लागि आज वा भोलि रिहा हुनेु बताएकी छन्। उनका पतिले शनिवार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड१९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए। तर इस्माइलीले सोमवार बताएअनुसार त्यसपछि उनले परिवारसँग सम्पर्क गरिन् र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिइन्।

रेट्क्लिफलाई जासुसीको आरोपमा सन् २०१६ मा पाँच वर्षका लागि जेल हालिएको थियो। आफूलाई लागेको आरोप उनले अस्वीकार गरेकी छन्। यूकेले पनि उनी निर्दोष रहेको दाबी गर्दै आएको छ। विदेश मन्त्रालयका एक अधिकारीले भने, हामी इरानी सरकारलाई तत्कालै स्वास्थ्यकर्मीहरूलाई एविन जेलभित्र जान दिइयोस् र त्यहाँ रहेका ब्रिटेन र इरानको दोहोरो नागरिकता भएका व्यक्तिहरूको अवस्थाबारे जाँच गरियोस् भन्ने आह्वान गर्छौँ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved