एमसिसी सम्झौता जस्ताको तेस्तै पास हुनुपर्छ-सभापति देउवा

  • फागुन २१, २०७६
  • कालापानी मिडिया
alt

कृतबहादुर बिष्ट
कैलाली । नेपाली कांग्रेसमा पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा लगानी वृद्धि एवं आर्थिक विकासमा तीब्रता ल्याउने उद्देश्य सहित सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सँग गरेको सम्झौता जस्ताको तेस्तै पास हुनुपर्ने बताएका छन् ।

बुधबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले एमसिसी संशोधन नगरि पास हुनुपर्ने बताएका हुन । उनले एमसिसीबाट नेपाललाई ठुलो रकम प्राप्त हुने भन्दै जस्ताको तेस्तै पास गरेर कार्यान्वयन गर्नुपर्ने धारणा राखे । यस्तै थप प्रसंगमा बोल्दै सरकार जताततै भ्रष्टाचारमा लिप्त भएको र जनताको चाहाना अनुसार काम गर्न नसकेको बताए । सुदूरपश्चिम प्रदेश सरकारले केही काम गर्न नसकेको उनले बताए ।

पार्टीको महाअधिवेशन तोकीएकै समयमा सम्पन्न हुने बताउदै सभापति देउवाले आफ्नो कार्यकाल उपलब्धी मुलक भएको बताए । उनले नेपालमा कोरोना भाईरस भित्रीएकोले सबैलाई सचेत रहन आग्रह गरे । यस्तै पश्चिम सेती र पञ्चेश्वर आयोजना सरकार आफैले बनाउनुपर्ने बताउदै सुदूरपश्चिको विकासको लागि सबैले एकजुट भएर अगाडी बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved