मृत्यु भइसकेको व्यक्तिको कीर्ते औठाछाप लगाई अर्कै व्यक्तिको नाममा जग्गा पास

  • फागुन २१, २०७६
  • कालापानी मिडिया
alt

बिकल रेग्मी
सुनसरी । मृत्यु भइसकेको व्यक्तिको कीर्ते औठाछाप लगाई अर्कै व्यक्तिको नाममा जग्गा पास गरेका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीका दुई सरकारी कार्यालयका कर्मचारी सहित आठ जना विरुद्ध विशेष अदालत काठमाडौमा मुद्धा दायर गरेको छ ।

इटहरी उपमहानगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमालका साथै मालपोत कार्यालय सुनसरीका तत्कालिन मालपोत अधिकृत दधिराम गुरागाँइ नायव सुब्बा मनोज घिमिरे र खरिदारहरु कृष्णप्रसाद नेपाल तथा रामप्रसाद भट्टराई विरुद्ध अख्तियारले भष्ट्रचार जन्य कसुरमा संलग्न रहेको भन्दै मुद्धा दायर गरेको हो । त्यसै गरी लेखापढि व्यवसायी पुष्करप्रसाद पोखरेल, रत्नदेवी लिम्वु र गोविन्द कोइराला विरुद्धमा पनि मुद्धा दायर भएको छ ।

अभियुक्तहरुको संलग्नतामा मृत्यु भई सकेकी धरान उपमहानगरपालिका १० की रणमाया लिम्बुको किर्ते औठा छाँप लगाई अर्कै व्यक्तिको नाममा जग्गा पास गरेको आरोपमा मुद्धा दायर भएको आयोगले जनाएको छ । मुद्धा दायरसंगै इटहरी उपमहानगरपालिका र मालपोतका बहालवाला कर्मचारीहरु निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved