कोरोना भाईरसबाट जोगिन प्रेस युनियन कैलाली शाखाद्धारा संचारकर्मीहरुलाई माक्स बितरण

  • फागुन २१, २०७६
  • कालापानी मिडिया
alt

कृत विष्ट
धनगढी। बिश्वमा कोरोना भाईरसको संत्रास फैलिएपछि संचारकर्मीलाई सुरक्षित रहन सन्देश दिन बुधबार धनगढीमा माक्स बितरण अभियान थालनी गरेको छ ।

‘पहिले जिवन त्यसपछि रिपोटिङ्ग’ भन्ने मुल नाराका साथ कैलालीमा नेपाल प्रेस युनियन कैलाली शाखाले संचारकर्मीहरुलाई माक्स बितरण गरेको हो । पत्रकारले हरेक स्थानमा रिपोटिङ्गका शिलसिलामा जानुपर्ने भएकोले पहिले आफु सरक्षित भई काममा खटिने भन्ने सन्देश दिन यो अभियान थालनी गरेको नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।

मास्क वितरण गर्दै सबै भन्दा धेरै पत्रकारहरू जोखिममा रहेकाले मास्क वितरण गरिएको प्रेस युनियन कैलालीका अध्यक्ष देउवाले बताए । ‘हामी भिडभाडमा जानु पर्छ त्यसैले मास्क लगाउन आवश्यक छ’ उनले भने, ‘हामीले मास्क लगाउन थाल्यौ भने सर्वसाधारण नागरिकहरूले पनि मास्क लगाउने छन् ।’ ‘अहिले कोरोना भाईरसको देशै भरी सन्त्रास फैलिएको छ’ अध्यक्ष देउवाले भने–‘माक्स लागएर सुरक्षित भएर बसौ भन्ने सन्देश दिन खोजेका हौ ।’

‘हामी भारत र चीनसँग सीमा जोडिएको प्रदेशमा भएकोले यसलाई सबैलाई सुरक्षित भएर बस्न पनि सबैमा सन्देश दिएको सामुदायक रेडियो प्रशारक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीर्घराज उपाध्यायले बताए । उनले भने–‘पत्रकारहरू जोखिमको रिपोटिङ गर्ने भएकाले माक्स बितरण देशै भर अभियान थाल्नुपर्छ ।

नेपाल जस्तो सानो मुलकमा यो भाईरस प्रबेश भयो भने अबस्था भयाभए हुने भएकोले संचारकर्मीहरुले जनतालाई सुरक्षित हुने सबैतिर सन्देश फैलाउन जरुरत भएको नेपाल पत्रकार महासघका पुर्व केन्द्रीय सदस्य दीलबहादुर छत्यालले बताए ।

नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष उमिद बागचन्दले देश दुनिया अहिले कोरोना भाईरसका कारण आतंकित भएकाले संचारकर्मीहरुले नागरिकलाई कसरी सुरक्षित हुने भन्ने खालका समाचार प्रस्तुत गर्न आग्रह गरे ।

समाचार संकलनका क्रममा भिडभाडमा जानुपर्ने भएकाले सुरक्षाको लागि मास्क लगाउनु पर्ने पत्रकार महासङ्घ केन्द्रिय सदस्य मीन बमले बताए । सबै पत्रकारले अनिवार्य मास्क लगाउन र हात नमिलाउन समेत उनले आग्रह गरेका थिए । नेपाल प्रेस युनियन कैलालीले सबै संचारकर्मीहरुलाई माक्स बितरण गर्ने अभियान लिएको युनियनका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved