डोटीमा स्वास्थ बिमा कार्यक्रमको सदस्यता दर्ता कार्यक्रम सुभारम्भ

  • फागुन २२, २०७६
  • कालापानी मिडिया
alt

एकेन्द्र चन्द
डोटि । डोटी जिल्लामा बुधवार एक कार्यक्रमका बिच नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज रावतले परिचयपत्र वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका छन् ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ निवासी ७९ बर्षीया रतन मलासी र सोही वडा बस्ने ७१ बर्षीया रुपमेणी मलासीलाई स्वास्थ्य बिमा परिचयपत्र वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो । जिल्ला सदरमुकाम सिलगढीमा स्वास्थ्य बिमा बोर्डले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री रावतले वृद्ध वृद्ध, असक्त आमाबुवाहरूको लागि प्रभावकारी हुने महत्त्वपूर्ण कार्यक्रमलाई सफल पार्न जनप्रतिनिधीहरुले हाम्रो कार्यक्रम हो भनेर अपनत्व ग्रहण गर्नुपर्ने बताए । उनले भने हामी जुनसुकै पार्टीबाट निर्वाचित जनप्रतिनिधि भएपनी हामी जनताका सेवक हौ जनता हाम्रा भगवान् हुन । त्यसैले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कुनै निकाय एवं व्यक्तिले लापरबाही गर्न नहुने बताए ।

विश्वमा जल्दो बल्दो समस्याको रूपमा देखिएको कोरोना भाइरस नेपालमा नरहेको नेपालमा फैलिन नदिन सबै निकाय सचेत हुनुपर्ने समेत बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले नेपाल भरिको अथवा हेर्दा ५४ औँ जिल्लाको रूपमा डोटीमा शुभारम्भ भएको बताउँदै कार्यक्रमलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताए ।

स्वास्थ्य क्षेत्रमा सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरू मध्य सबैभन्दा बढी प्रभावकारी स्वास्थ्य बिमाको कार्यक्रम रहेको बताउँदै निर्देशक पोखरेलले स्वास्थ्य बिमा कार्यक्रम सुदूरपश्चिम प्रदेशको कैलालीबाट २०७२ सालमा शुभारम्भ भएको हुँदा अब पूर्ण बिमित युक्त प्रदेश पनि सुदूरपश्चिमलाई प्रदेशलाई बनाउन पहल गर्नुपर्ने समेत बताए ।

डोटी जस्तो भौगोलिक रूपमा विकट, सबै ठाउँमा स्वास्थ्य सेवाको पहुँच पुग्न नसक्दा यस क्षेत्रको लागि स्वास्थ्य बिमा कार्यक्रम आवश्यक रहेको प्रभावकारी हुने डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए । कार्यक्रमलाई जिल्लाका दूर दराजमा रहेका बस्तीहरूमा पनि पुर्‍याउनु पर्ने सुझाव दिएका थिए ।

स्वास्थ्य बिमा कार्यक्रमलाई डोटी जिल्लामा प्रभावकारी रूपमा सञ्चालन गर्न स्वास्थ्य कर्मीको पूर्ण रूपमा सहयोग रहने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । प्रमुख मलासीले कार्यक्रमलाई डोटीमा थप प्रभावकारी बनाउन डोटी जिल्लामा स्वास्थ्य बिमा बोर्डको कार्यालय स्थापना हुनुपर्ने सुझाव समेत दिएका थिए ।

स्वास्थ्य बिमा कार्यक्रमले ज्येष्ठ नागरिक, एचआईभि सङ्क्रमित, बिपन्न, कुष्ठ रोगीहरू, क वर्गको अपाङ्ग परिचय पत्र प्राप्त व्यक्तिहरूलाई निःशुल्क बिमा गर्ने, महिला स्वयम सेबिका लागि पचास प्रतिशतको छुटमा बिमा गर्ने र अन्य व्यक्तिको हकमा बिमा गराउन ३ हजार पाँच सय रुपैयाँ बिमा शुल्क जम्मा गर्नुपर्ने स्वास्थ्य बिमा बोर्डका जानकारी गराएको छ । स्वास्थ्य बिमा गराएका व्यक्तिहरूले नेपाल सरकारबाट एक वर्ष सम्मका लागि एक लाख बराबरको स्वास्थ्य उपचार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved