नेता कपिल भट्टलाई छाड्न सर्बोच्चद्वारा अस्वीकार, जिल्ला अदालतले साधारण तारेखमा छाड्यो

  • फागुन २२, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । पटक पटक गिरफ्तारीमा परेका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्युरो सदस्य कपिल भट्टलाई सर्बोच्च अदालतले रिहा गर्न अस्वीकार गरे पनि जिल्ला अदालत काठमाण्डौले साधारण तारेखमा रिहा गरेको छ।

गएको माघ २४ गते चितवन जिल्लाको भरतपुरस्थित आफ्नै दाजुको घरबाट गिरफ्तार भएका नेता भट्टलाई महानगरीय प्रहरी परिसर काठमाण्डौले बिष्फोट सम्बन्धि मुद्दा चलाएको थियो। तर उनकी धर्मपत्नी सुप्रभा भट्टले गिरफ्तार गरिएको जिल्ला स्थित् जिल्ला प्रहरी कार्यालय चितवन सहितलाई बिपक्षी बनाई सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेकी थिइन।

त्यस मुद्दामाथि गएको सोमबार सर्बोच्च अदालतका माननीय न्यायाधिशद्वय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा बहस हुँदा अदालतले रिहा गर्न अस्वीकार गरेको थियो। सो इजलाशले “यी बन्दीलाई पटक पटक बिष्फोटन सम्बन्धि मुद्दामा कानुन बमोजिम म्याद थप भै अनुसन्धान भएको” सरकारी पक्षको रहेको उल्लेख गर्दै आगामी पेशीमा सक्कली मिसिल सहित उपस्थित हुन् आदेश दिएको थियो।

तर उनलाई जिल्ला अदालत काठमाण्डौमा बिस्फोटन सम्बन्धि मुद्दा चलाइएकोमा सर्बोच्च अदालतले छाड्न अस्वीकार गरेको भोलिपल्ट जिल्ला अदालत काठमाण्डौले साधारण तारेखमा रिहा गर्न आदेश दिएको प्राप्त समाचारमा जनाइएको छ।

यस अघि पनि ने।क।पा। गोर्खाको तत्कालिन जिल्ला सेक्रेटरीका हैसियतमा रहेकोबेला बैशाख २२ गते गोरखाबाट भट्ट गिरफ्तार परेका थिए । गिरफ्तार गरिएका भट्टलाई प्रहरीले बिभिन्न मुद्दा लगाउंदै कास्की, लमजुङ्ग, तनहुँ, पर्वत, बागलुङ्ग, स्याङ्गजा लगायतका जिल्ला पु¥याएको थियो । गिरफ्तार गरिएको करीब साढे चार महिना पछि असोज ८ गते सर्बोच्च अदालतको आदेशमा उनी रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved