धनगढी अत्तरिया ६ लेन सडकमा ट्याङकर व्यवासायीको रजाई

  • फागुन २३, २०७६
  • कालापानी मिडिया
alt

धनगढी । अत्तरिया ६ लेन सडकमा ट्याङकर व्यवासायीको रजाई भएपनि ट्राफिक प्रहरी र पार्किङको जिम्मेवारी पाएका निकाय मुकदर्शक बनेका छन्।

६ लेन सडकमा दर्जनौ ट्याङकर पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती बढ्दै गएपटि ट्राफिक प्रहरी र पार्किङको जिम्मेवारी पाएका निकाय भने मुकदर्शक बनेको छ । चार दिन राष्ट्रपति विद्यादेवी भण्डारी धनगढी बस्दा धनगढी-अत्तरिया ६ लेन सडकबाट अन्यत्र सारिएका ट्याङकर फेरी छ लेन सडकमै राखिएका छन्।

सडकमा एकातर्फ ट्याङकर पार्किङ गरिएको छ, अर्को तर्फ सडक निर्माणको कार्य जारी छ । जसका कारण स्थानीयलाई आवतजावतमा निकै सास्ती भईरहेको छ। पसल पनि नदेखिने गरी सडकको दुवैतिर ट्याङकर पार्किङ गरिएको छ। जसका कारण सवारी दुर्घटनाको जोखिम मात्रै बढेको छैन्ग, आलागीको जोखिम पनि बढेको स्थानीय बताउछन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक सरोज ठकुराठीले भने आयल निगमलाई ट्याङकरको पार्किङ व्यवस्थापन गर्न पटक–पटक लिखित आग्रह गरेको, धनगढी उप–महानगरपालिका र जिल्ला प्रशासनलाई पनि आग्रह गरेको र यताबाट छिट्टै व्यवस्थाप गर्ने आश्वासन पाएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved