कालोबजारी श्रृजना गर्नेलाई हदैसम्मको कार्बाहि हुनेछ -मन्त्री भट्ट

  • फागुन २४, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनैपनि अभाव नहुने स्पष्ट पारेका छन्। अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने उनले चेतावनी दिएका हुन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले अहिले बजार अनुगमन एकीकृत रुपमा गरिएको पनि स्पष्ट पारे। उनले वाणिज्य विभाग र औषधी विभागले एकीकृत रुपमा बजारको अनुगमन गरिरहेको सुनाए । उनले भने,‘अहिलेको जनशक्तिले प्रभावकारी रुपमा काम गरिरहेको छ । तर, अझै जनशक्ति थप्नेबारे कुरा पनि भएको छ। यसको लागि हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेका छौं ।’ यसको साथै, बजार व्यवस्थित्, कालोबजारी र कृत्रिम अभाव रोक्नका लागि गृह मन्त्रालयसँगपनि समन्वय भैरहेको उनले बताए।

उनले कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरुमाथि कडा कारबाही गर्न गृहको सहयोग लिन र उसँग समन्वय गरिनेबारे पनि छलफल भएको स्पष्ट पारे। ‘कालोबजारी र बदमासी गर्नेहरुलाई कुनैपनि हालतमा उन्मुक्ति दिईँदैन्’–उनले भने,‘तिनीहरुलाई सरकारले कुनैपनि हालतमा बचाउँदैन्। हदैसम्मको कारबाही गर्छ। कुनैपनि छुट हुँदैन् ।’

मन्त्री भट्टले आफूले आजमात्रै पनि एक औषधी पसलमा गएर स्यानिटाईजेशन माग्दा २० रुपैयाँ आईसीको सामानलाई १५० रुपैयाँको बिल बनाएर पठाएको कुरा औषधी पसलले सुनाएको उल्लेख गरे । उनले भने,‘त्यही भएर मैले त सामान नै नबेचेको भनेर भन्नुभयो । अर्को कुरा १५ रुपैयाँ पर्ने मास्क पनि ५० रुपैयाँको बिल बनाएको पनि उहाँले सुनाउनुभयो । हरेकले आफ्नो ठाउँबाट दायित्व पूरा गर्नुपर्छ ।’

उनले आफूले समेत एक दिनको लागि पुग्ने खाद्यान्न तथा तरकारी ल्याउने गरेको सुनाए । उनले भने,‘आज विहान एकजना सञ्चारकर्मी क्वाटरमा आउनुभएको थियो । उहाँलाई मैले मेरो भान्सामा गएर हेर्न सुझाएको थियो । हामी त विहान चाहिने विहान र बेलुका चाहिने कुरा बेलुका ल्याउने गर्छौं ।’ उनले बजारमा अहिलेपनि नून, तेल, ग्याँसलगायत केहीको पनि अभाव नभएको स्पष्ट पारे । उनले उपभोक्ताहरुले चार महिनालाई पुग्नेगरि स्टक राख्न खोजिएकोले अभावजस्तो देखिएको तर्कसमेत गरे ।

उनले कुनैपनि खाद्यवस्तु तथा अत्यावश्यक वस्तुको अभाव हुन नदिने अठोट व्यक्त गरे । यदि कसैले कालोबजारी गरेको पाईए सरकारले कडाभन्दा कडा कारबाही गर्ने र कसैलाई पनि नछोड्ने कडा चेतावनी पनि उनले दिए । उनकाअनुसार अहिलेपनि आगामी ६ महिनाको लागि पुग्ने औषधी छ ।

सरकार कोरोना भाईरस ९कोभिड–१९० को संक्रमण नेपालमा नहोस भनेर गम्भिर भएको पनि स्पष्ट पारेका छन् । ‘सरकार गम्भिर भएन भनेर हामीमाथि आरोपपनि लाग्ने गरेको छ । तर, यसमा कुनै सत्यता छैन् । कोरोनाको संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएर अलर्ट बनाउनुभएको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved