धरानको भेडेटारमा व्यवसायिक जिपलाइन सुरु

  • फागुन २५, २०७६
  • कालापानी मिडिया
alt

बिकल रेग्मी, सुनसरी ।
सहासिक खेलको रुपमा चिनिने जिपलाइन सुनसरीको धरान- ४ स्थित भेडेटारमा व्यवसायिक रुपमा सुरु भएको छ ।
धरान २० मा हाल रहेको विपी पार्क परिसरमा २०७५ असोज १२ मा पहिलोपटक जिप लाइनको सुपर म्यानको सफल परीक्षण भएको थियो । तर, व्यवशायिक सुरुवात भने हुन सकेको थिएन । तर अव भने धरानको नयाँ स्थानमा जिप लाइन सुरु भएको छ । धरान र भेडेटारको सिमानामा रहेको भेडेटारको स्वागतद्धार देखी धरान ४ को देविधानसम्म आजबाट प्रदेश १ को पहिलो जिप लाइन सुरु भएको हो ।

Capture 5

साहासिक पर्यटकिय खेलको रुपमा रहेको जिपलाइनको उद्घाटन एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले गरे । धरान–४ स्थित भेडेटारको डाँडाबाट देविथान डाँडासम्म ६ सय ५० मिटर लामो जीपलाइन सुरु भएको हो । जीपलाइनको सुरुवात भएसँगै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले जीपलाइनको मज्जा लिए।

up

जीपलाइनको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेशमा पर्यटन उद्योगको क्षेत्रमा प्रदेशमै नयाँ साहासिक पर्यटन भित्रिएको भन्दै खुसी व्यक्त गरे । करिब ७ महिना अघिदेखी वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान-४ ले निर्माण सुरु गरी जिप लाइनको सुरुवात गरेको हो ।

Capture 6

प्रलिका सञ्चालक केदार थापा, यम राई, डोलिका लिम्बू, विवस भण्डारीले भेडेटारमा २ वर्ष अध्ययन गरेर जिप फ्लाइङको सुरुवात गरेका हुन् । उनीहरुले यस अघि धुलिखेलमा व्यवसायिक रुपमा जिप फ्लाइङ गरिरहेका छन् ।

जीपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डीङ पोइन्टसम्म आइपुग्न करिब ३०-४० सेकेण्ड लाग्ने सञ्चालक केदार थापाले बताउनुभयो । क्लासिकको १२ सय, सुपरम्यानको १५ सय र कपलको १८ सय रुपैया मूल्य तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved