बारीमा पाल टाकेर छोराको काजकिरिया गर्दै

  • फागुन २९, २०७६
  • कालापानी मिडिया
alt



सुमन केसी,तुलसीपुर । दाङमा एक ब्यक्तिले छोराको काजकिरिया बारीमा गरेका छन् । बबई गाउँपालिका २ निवासी २६ बर्सिया अरुण परिवारको क्यान्सर कारण यहि २७ गते मृत्यु भएपछि ७२ बर्षीय बुवा जोकबहादुर परियारले बबई ३ हंसपुरमा आफन्तको बारीमा बसेर काजकिरिया गरेको स्थानीय नेब बहादुर खड्काले बताए ।

जोक बहादुरको आफ्नो घर नभएको र अहिले पनि आफन्तको घरको बारदलीमा बस्दै आएकाले बारीमा पाल टाकेर किरिया गरेको खड्काले बताए । परियारका ३ छोरामध्य कान्छा छोराको क्यान्सरका कारण मृत्यु भएको हो, उनले भने, बस्नलाई बास छैन्, उनीहरुको नाममा कतै पनि एक धुर जग्गा छैन् । अर्काको घरमा साहार लिएर बस्दै आएकाले कसरी उपचार गर्ने ? उपचार नपाएर नै अरुणको मृत्यु भएको हो । परियारका जेष्ठा छोरा विदेश र माइलो छोरा भारतमा छन् । जेष्ठा छोराका परिवार पनि अकैको घरमा बस्ने गरको छन् ।

89653021_2551540968396037_3109337519490072576_n

अरुण चौपारीमा मृत अवस्था भेटिएका स्थानीय खड्काले बताए । परियारको उपचारको लागि कतैबाट सहयोग भएको थिएन, बबई गाउँपालिका वडा नम्बर २ ले आर्थिक सहयोगको लागि कागज बनाई दिएको थियो । काजकिरिया र दाहासंस्कार गर्नको लागि खड्का र अर्का स्थानीय टोपेन्द्र थापाले आर्थिक सहयोग गरेको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved