प्रधानमन्त्रीकी पत्नीलाई कोरोना

  • फागुन ३०, २०७६
  • कालापानी मिडिया
alt

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमणपछि पत्नीसँगै प्रधानमन्त्री पनि आइसोलेसनमा रहने भएका छन् ।

क्यानडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना भएको जनाएका छन् । प्रधानमन्त्री ट्रुडोलाई भने कोरोना देखिएको छैन । यद्यपि, पत्नीसँगै प्रधानमन्त्री ट्रुडो पनि १४ दिन आइसोलेसनमा रहनेछन् । सोफिमा कोरोना संक्रमण देखिए पनि उनले असजिलो महसुस नगरेको बताइएको छ ।

सेल्फ-आइसोलेसनमा रहे पनि प्रधानमन्त्री ट्रुडोले पूर्ववत् ढंगले आफ्ना नियमित काम गर्ने उनको कार्यालयले जनाएको छ । यसैसन्दर्भमा उनले शुक्रबार आफ्ना नागरिकहरूलाई सम्बोधन गर्ने तय भएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोनाले क्यानडामा १ जनाको ज्यान गइसकेको छ । देशका विभिन्न क्षेत्रका १४२ नागरिकमा यसको लक्षण देखिएको छ ।

बिहीबार मात्रै त्यहाँका ३२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved