प्रधानमन्त्री केपी ओली ‘डिस्जार्च’,अस्पतालबाट मुस्कुराउँदै निस्किए

  • फागुन ३०, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्पतालबाट ‘डिस्जार्च’ भएका छन् ।

दोस्रो पटक मृगौला प्रयारोपणका लागि फागुन १९ देखि त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्जार्च भएका हुन्।
मृगौला दाता समीक्षा संगौला ज्ञवाली बुधबार डिस्जार्च भइसकेकी छिन् । मिर्गौला प्रत्यारोपणको १२ दिनपछि शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुन्छन् भन्ने प्रश्नको उत्तर अस्पतालले विज्ञप्तिमार्फत शुक्रवार अपरान्ह मात्र दियो। साढे चार बजे अस्पताल पुग्दा सञ्चारकर्मी, कार्यकर्ता र शुभचिन्तकको भिड जम्मा हुन थालिसकेको थियो। त्यही बीचमा देखिए सरकारका केही मन्त्रीहरु पनि। ओली बाहिरिँदा सञ्चारकर्मीको तछाडमछाड नै भयो। लगत्तै प्रधानमन्त्री ओली अस्पतालबाट हात हल्लाएर मुस्कुराउँदै बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved