पहिलो पटक भेटियो १८ वर्षिय युवकमा कोरोनाको संक्रमण

  • चैत ५, २०७६
  • कालापानी मिडिया
alt

कोलकत्ता। भारतको पश्चिम बंगाल राज्यमा पहिलो पटक एक युवकमा कोरोना संक्रमण देखिएको छ ।

१८ वर्षीय एक युवकमा कोरोनाको संक्रमण भेटिएको पश्चिम बंगाल सरकारका एक उच्च अधिकारीले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएका हुन् ।

१८ वर्षीय ती युवक भर्खरै ईङ्ल्याण्डबाट फर्किएका थिए । फर्किए खि केही समय उनमा कोभिड(१९ का लक्ष्ण देखिएपछि बेलियाघाटा अस्पतालको आइसोलेसनमा राखिएको थियो । त्यसपछि चिकित्सकले उनको मुख र नाकबाट लिएको स्वाब परिक्षण गरेका थिए । जसमा कोरोना संक्रमण पोजिटिभ भेटिएको हो ।

भारतिय संचार माध्यमहका अनुसार ती युवकको परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ भने ईङ्ल्याण्डबाट फर्किएयता उनको सम्पर्कमा आएका व्यक्तिहरूको जानकारी लिने क्रम पनि चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved