कोरोनाका सम्बन्धमा वैज्ञानिकले नयाँ तथ्य पत्ता लगाएपछि विश्वभर आँसा पलायो

  • चैत ७, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । कारोना भाइरस (कोभिड-१९) अहिले लगभग विश्वभर फैलिएको छ। यसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो छ।

कोभिड १९ निर्मूल पार्न दुनियाँभरका वैज्ञानिक आफ्नो तर्फबाट प्रयास गरिरहेका छन्।

यसैबीच अस्टेलियाका वैज्ञानिकले पाएको सफलताले यो महामारीमा नयाँ आशा जगाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पिटर डोहर्टी इन्टिच्युट फर इन्फेक्सन एण्ड इम्युनिटी अस्टेलियाका शोधकर्ताले हालै कोरोना भाइरस र हाम्रो इम्युन सिस्टमबारे एक महत्वपूर्ण तथ्य पत्ता लगाएका छन्।

वैज्ञानिकले कोरोना संक्रमित ४० वर्षीया महिलाको रगत जाँच गरेका थिए।

जसबाट शरीरको प्रतिरक्षा प्रणालीले जसरी आमरुपमा फ्लुसँग लड्छ, त्यसैगरी कोभिड १९ विरुद्ध पनि लड्न सक्छ भन्ने पत्ता लागेको हो।

मानव शरीरको प्रतिरक्षा प्रणालीले कोरोना संक्रमणविरुद्ध कसरी काम गर्छ भन्नेबारे नक्सांकन भएको र यसको निदानका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुमान वैज्ञानिकले गरेका छन्।

कोरोनाबाट संक्रमित ती महिला अहिले स्वस्थ भइसकेकी छन्। यसले कोरोनाबाट बच्न मुस्किल भए पनि असम्भव भने नभएको इसारा गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved