कोरोना प्रभाव, धमाधम कैदी मुक्त हुदैं

  • चैत १०, २०७६
  • कालापानी मिडिया
alt

जनकपुरधाम । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर प्रकृतिको मुद्दा बाहेकका थुनुवालाई हिरासतमुक्त गरेको छ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमणको जोखिम कम गर्न प्रहरी प्रशासनले थुनुवाको संख्या घटाउन लागेको हो। कोरोना भाइरसको संक्रमण भएमा अवस्था जटिल बन्न सक्ने भएकाले तत्कालै कैदीको संख्या घटाउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, ‘सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भन्दै सामान्य प्रकृतिको आपराधिक घटनामा संलग्न भएर प्रहरी हिरासतमा रहेका थुनुवालाई घर पठाउने तयारी थालेपछि हामीले सामान्य प्रकृतिका बन्दीहरुलाई रिहा गरेका हौं।’

कोरोना संक्रमण भइसकेको अवस्थामा आइपर्ने जटिल अवस्थालाई मध्यनजर गरेर सामान्य प्रकृतिका अपराधमा संलग्नहरुलाई छाडिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका डिएसपी कार्कीले आइतवार सामान्य प्रकृतिका १२ जनालाई रिहा गरिएको जानकारी दिए। उनले सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागुऔषध लगायतको सामान्य प्रकृतिका घटनामा संलग्न भई हिरासतमा रहेका थुनुवाहरुलाई छाडिएको बताए।

सोमवार समेत १० जना थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरेर कानुन बमोजिम हिरासतमुक्त गर्न लागिएको उनले बताए। जिल्ला प्रहरी कार्यालय धनुषामा अहिले विभिन्न प्रकृतिका मुद्दाका ६० जना बन्दीहरु हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved