सर्वोच्चको आदेश नै टेरेन काठमाडौं जिल्ला अदालतले

  • असार २८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतको आदेश पालन गर्न अस्वीकार गरेको छ।

समलिंगीरतेस्रोलिंगीको विवाह दर्ता गर्न सर्वोच्चले असार १२ गते दिएको आदेश कार्यान्वयन गर्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीले नमानेका हुन्। मुलुकी देवानी संहिता २०७४ को दफा ७७ मा दर्ताद्वारा विवाह गर्न सक्ने कानुनी व्यवस्था भएअनुसार दर्ता विवाह हुँदै आएको न्यायाधीश मैनालीले लिखित आदेश दिएका छन्।

कुनै पुरुष वा महिलाले दर्ता विवाह गर्न चाहेमा अदालतमा निवेदन दिन सक्ने कानुनी व्यवस्था रहेको देखिएकोमा निवेदन दिने दुवै व्यक्ति फरक लिंगका (महिला र पुरुष) नदेखिएको अवस्थामा निवेदनबमोजिम विवाह दर्ता गराउन नमिल्ने न्यायाधीश मैनालीले दिएको आदेशमा लेखिएको छ।

काठमाडौं जिल्ला अदालतमा पत्रकारहरुसँग कुरा गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले जिल्ला अदालतबाट पूर्वाग्रही आदेश आएको प्रतिक्रिया दिए। पहिलो संविधानसभाका सदस्य सुनिलबाबु पन्तले विवाह दर्ता नगर्ने जिल्लाको आदेशविरुद्ध फेरि सर्वोच्च अदालत जाने बताए।

समलिंगी सुरेन्द्र पाण्डे र तेस्रोलिंगी माया गुरुङ विवाह दर्ताको निवेदन लिएर जिल्ला अदालत पुगेका थिए। विवाह दर्ता नगर्ने अदालतको आदेशले आफूहरुलाई दुःखी बनाएको सुरेन्द्र र मायाले बताए तर यत्तिमै हरेस भने नखाने प्रतिक्रिया पनि उनीहरुले दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved