चिनमा हान्ता भाइरस आतंक, के हो त हान्ता भाइरस ?

  • चैत ११, २०७६
  • कालापानी मिडिया
alt

एजेन्सी । भर्खरै कोरोना भाइरसको संकटबाट पार खोज्दै गरेको चीनमा अर्को नयाँ भाइरसले आतंक मच्चाएको छ ।

चीनको युन्नान प्रान्तमा एक व्यक्तिको हन्ता भाइरसको कारण मृत्यू भएपछि यसबारे पत्ता लागेको हो । पीडित व्यक्ति कामको लागि बसबाट शाडोङ्ग प्रान्त फर्किरहेका थिए । उनमा हन्ता भाइरस पोजिटिभ देखिएको थियो ।

उनीसँगै बसमा सवार ३२ जनाको पनि स्वास्थ्य जाँच गरिएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्समा प्रकाशित खबरले यसबारे समाचार प्रकाशन गरेपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । ठूलो संख्यामा मानिसहरुले ट्वीट गर्दै हन्ता भाइरस पनि कोरोनाजस्तै प्रकोपको रुपमा अगाडि बढ्न सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् ।

भारतमा हन्ता भाइरस ट्वीटरमा ट्रेन्डिङ तेस्रो नम्बरमा पुगेको छ । हन्ता भाइरस मुसाबाट सर्ने जीवाणु हो । मुसालाई राम्रोसँग नपकाई खाँदा हन्ता भाइरसको संक्रमण हुन्छ ।

के हो हन्ता भाइरस ?

विशेषज्ञहरुका अनुसार कोरोना भायरसजस्तै हन्ता भाइरस घातक भने छैन । कोरोनाभन्दा विपरित हावामार्फत् फैलँदैन ।

यो मुसा वा लोखर्केको सम्पर्कमा आउने मानिसमा फैलन्छ । तर यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यदि कोही व्यक्ति मुसाको दिसा, पिसाब आदिलाई छुन्छ र आफ्नो आँखा, नाक र मुख छुन्छ भने उसमा हन्ता भाइरसको सम्भावना बढ्छ ।

यो भाइरस संक्रमण हुँदा मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुख्ने, उल्टी हुने, झाडा पखाला लाग्ने जस्ता लक्षण देखिन्छ । यदि समयमै उपचार नपाएमा हन्ता भाइरस संक्रमित मानिसको मृत्यू पनि हुनसक्छ ।
हन्ता भाइरस संक्रमणबाट मृत्यू हुने दर ३८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved