कान्तिपुर मिडिया ग्रुपले आफ्ना सम्पूर्ण छापा संस्करणको प्रकाशन स्थगन गर्ने

  • चैत १४, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कान्तिपुर मिडिया ग्रुपले आफ्ना सम्पूर्ण छापा संस्करणको प्रकाशन स्थगन गर्ने निर्णय गरेको छ ।

विशेष प्रकाशकीय लेख्दै कान्तिपुर पब्लिकेसन्सले ‘कान्तिपुर’ र ‘द काठमाडौं पोष्ट’ दैनिकका साथै नेपाल, नारी र साप्ताहिकको प्रकाशन स्थगन गरेको जनाएको छ।

विशेष प्रकाशकीयमा भनिएको छ, ‘सबै तहका सहकर्मीको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो। कुनै पनि बखत संक्रमित हुन सक्ने र त्यसबाट रोग फैलन सक्ने खतरालाई हामी बेवास्ता गर्न सक्दैनौं।’

त्यसैगरी ईकान्तिपुर डट कम, काठमान्डुपोस्ट डट कमलगायत केएमजीका डिजिटल प्लाटफर्ममार्फतसमाचार, विचार, विश्लेषण, अन्तर्वार्ता, फोटो, भिडियो प्रकाशन हुने पनि जनाएको छ ।

केएमजीका अन्य दुई कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुर सदाझैं दर्शक एवम् स्रोताको सेवामा प्रस्तुत भइरहने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved