बिश्वमा कोरोनाबाट ३७७८० जनाको मृत्यु,स्पेनमा एकै दिनमा ९ सय १३ जनाको मृत्यु

  • चैत १८, २०७६
  • कालापानी मिडिया
alt

१८ चैत, एजेन्सी । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या ३८ हजार नाघेको छ । वल्डोमिटर्सका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म ३७ हजार ७ सय ८० जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना संक्रमितको संख्या ७ लाख ८४ हजार ३ सय ८१ पुगेको छ भने १ लाख ६५ हजार ३५ जना बिरामी उपचारपछि निको भइ घर फर्किएका छन । पछिल्लो २४ घण्टामा इटाली, स्पेन र अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने इटालीमा ८ सय १२ जना तथा अमेरिकामा ५ सय ६५ जनाको मृत्यु भएको छ ।

यस्तै इरानमा १ सय १७ र बेलायतमा १ सय ८० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट इटालीमा ११ हजार ५ सय ९१, स्पेन ७ हजार ७ सय १७, चीन ३ हजार ३ सय ४ र अमेरिकामा ३ हजार १ सय ४८ जनाको मृत्यु भएको छ । अमेरिकामा १ लाख ६३ हजार ४ सय ७९ जना कोरोना संक्रमति बनेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved