नेपालीलाई विदेशमा मगन्ते नबनाउन सरकार संग कमल थापाको आग्रह

  • चैत १९, २०७६
  • कालापानी मिडिया
alt

१९ चैत, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले नेपालीलाई विदेशमा शरणार्थी र मगन्ते नबनाउन सरकार संग आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालीलाई विदेशमा शरणार्थी र मगन्ते नबनाउन आग्रह गरेका हुन् ।

थापाले समाजीक संजाल फेसबुकमा लेखेका छन्, ‘संक्रमण रोक्न सिमा बन्दगर्नु आवश्यक थियो,सरकारले गर्‍यो– ठिक हो । त्यसका वावजुद आफु बसेको ठाउंमा काम नपाएर वा कोरोनाबाट डराएर वा परिवारको जिम्मेवारी बोधगरेर घरफर्कने चाहनामा कोही सिमानामा आईपुगेको छ भने तिनलाई रोक्नु–सर्वथा गलत हो । नेपालीलाई बिदेशमा शरणार्थी र मगन्ते नबनाऔं । प्रम केपी शर्मा ओलीको ध्यान आकर्षित गर्दछु ।’

लकडाउनका कारण भारतको विभिन्न क्षेत्रमा काम गरी फर्किएका करिब पाँच सय नेपाली सीमा क्षेत्र धार्चुलामा रोकिएका छन् । उनीहरु नेपाल प्रवेश गर्न पाएका छैनन् भने नेपाल सरकारले उतै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको बताउँदै आएको छ ।

तर, चीनको वुहानबाट एक सय ७५ जना नेपालीलाई विमान चार्टर गरेर ल्योएको सरकारले सीमा क्षेत्रमा आइपुगेका नागरिकलाई प्रवेश नदिएर भारतमै राखेको भन्दै चर्को आलोचना भइरहेको छ ।

अझ भारतिय संचारमाध्यमले त नेपालले आफ्ना नागरिकको मतलव नगरेको भन्दै समचार लेख्न थालेका छन् । यसको सर्वत्र बिरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved