दर्ता नभएका सामाजिक संजाल बिहीबारदेखि निष्क्रिय गर्ने सरकारको तयारी

  • भदौ १८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले अनिवार्य दर्ता प्रक्रियामा ल्याएको थियो । तर तोकिएको कार्यालय समयको अन्तिम समयसीमा सकिँदासम्म पनि कुनै नयाँ सामाजिक सञ्जालले सूचीकरणका लागि निवेदन नदिएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ।

यसअघि दर्ता भइसकेका केही सामाजिक सञ्जालबाहेक नयाँ प्लेटफर्मले कुनै पनि किसिमको निवेदन पेस नगरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।

उनका अनुसार कार्यालय समय अहिले साँझ नै सकिए पनि अनलाइनमार्फत मध्यरातिसम्म निवेदन गर्न सकिने प्रावधान छ । त्यसैले अन्तिम समयसम्म पर्खिने र बिहीबार बिहानसम्म निवेदन नआएमा मन्त्रालयले आवश्यक कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रवक्ता ठाकुरले भने, ‘आज कार्यालय समय सकिएको छ । तर अनलाइनबाट निवेदन दिन सक्ने भएकाले मध्यरातिसम्म पर्खिन्छौं । यदि बिहानसम्म निवेदन आएन भने मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार दर्ता नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने प्रक्रिया अघि बढाउँछ ।’

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा पाँच वटा सामाजिक सञ्जाल सूचीकरण भइसकेका छन् । तीमध्ये भाइबर, बिटक, टिकटक, निम्बजलगायत रहेका छन् भने टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा रहेका छन् । बाँकी अन्य लोकप्रिय सामाजिक सञ्जालले भने अहिलेसम्म कुनै सम्पर्क नगरेको मन्त्रालयको भनाइ छ ।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले दर्ता नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउने निर्णय गरेको थियो । सर्वोच्च अदालतको आदेश र सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका–२०८० अनुसार सरकारले यस्तो कदम चाल्न लागेको हो ।

निर्देशिकाले सामाजिक सञ्जाललाई नेपालभित्र सञ्चालनका लागि दर्ता अनिवार्य गरेको छ। यसले प्रयोगकर्ताको डेटा सुरक्षा, गलत सूचनाको नियन्त्रण, अभद्र व्यवहार नियन्त्रण, र सञ्चालनकर्तालाई कानूनी जिम्मेवारीमा ल्याउने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार सूचीकरण भएपछि मात्र कुनै पनि सामाजिक सञ्जाल नेपालमा विधिवत रूपमा सञ्चालन गर्न पाइनेछ । तर, तोकिएको समयसीमा सकिँदासम्म दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइनेछ ।

दर्ता गर्न ढिलो गरे पनि जब दर्ता प्रक्रिया पूरा हुन्छ, त्यतिबेलाबाटै पुनः सक्रिय गर्न सकिने मन्त्रालयको तयारी छ । यसरी अन्तिम चेतावनी बेवास्ता गर्ने सामाजिक सञ्जाल अब निष्क्रिय हुने अवस्थामा पुगेका छन् ।

अब बिहीबार बिहानसम्म केहि नयाँ प्लेटफर्म सूचीकरण प्रक्रियामा आउँछन् कि आउँदैनन् भन्ने कुरा सबैको चासो बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved