युवराज पारसको गोदामचौरमा भव्य स्वागत

  • साउन १७, २०८३
  • कालापानी मिडिया
alt

​ललितपुर, गोडामचौर — "प्रकृतिको संरक्षण नै राष्ट्रको समृद्धिको आधार हो" भन्ने मूल नाराका साथ गोडामचौर सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शनिबार एक भव्य वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। ​हरित नेपाल निर्माणको अभियानलाई थप टेवा पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा  युवराज पारस शाह  र ॐ आदेश गुरु महाराज प्रभन्जनको गरिमामय उपस्थिति रहेको थियो। ​

कार्यक्रममा स्थानीय बासिन्दा तथा उपभोक्ता समूहका पदाधिकारीहरूले युवराज पारसलाई भव्य एवं न्यानो स्वागत गरेका थिए। सोही अवसरमा युवराज पारसबाट वन परिसरमा वृक्षरोपण समेत गरिएको थियो। विशिष्ट व्यक्तित्वहरूको यस किसिमको सहभागिताले स्थानीयस्तरमा पर्यावरण संरक्षणप्रतिको जनचेतना अभिवृद्धि हुनुका साथै वृक्षरोपण अभियानलाई थप प्रेरणा र ऊर्जा मिलेको आयोजकले बताएका छन्।

FB_IMG_1785636743728 FB_IMG_1785636748763 FB_IMG_1785637068355

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved