रसुवा बाढी: नेपाली सेनाद्वारा हेलिकप्टरमार्फत १२ जनाको उद्धार, त्रिशूलीमा आकस्मिक उपचार सुरु (तस्बिरहरू)

  • भदौ १०, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धार कार्य नेपाली सेनाले तीव्र बनाएको छ।

नेपाली सेनाका अनुसार विभिन्न स्थानमा अप्ठ्यारोमा परेका हालसम्म १२ जना नागरिकको उद्धार भइसकेको छ। ​सेनाको हेलिकप्टर प्रयोग गरी स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको सकुशल उद्धार गरिएको हो।

उद्धार कार्यलाई द्रुत गतिमा अघि बढाउन नेपाली सेनाका ४ वटा र निजी विमान कम्पनीका ८ वटा गरी कुल १२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा निरन्तर खटिरहेका छन्। ​यसैबीच, बाढीबाट घाइते तथा प्रभावित भएकाहरूलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाली सेनाको मेडिकल टिम खटिएको छ।

सेनाले नुवाकोटको त्रिशूलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सञ्चालन गरी घाइतेहरूको उपचार गरिरहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई अझ प्रभावकारी बनाउन सेनाले थप टोलीहरू परिचालन गरिरहेको छ।

FB_IMG_1787728238301 FB_IMG_1787728234420 FB_IMG_1787728257177 FB_IMG_1787728230938

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved