मानीसबाट बाघमा पनि सर्यो कोरोना

  • चैत २४, २०७६
  • कालापानी मिडिया
alt

२४ चैत, काठमाडौं । मानिसबाट सरेको कोरोना भाइरसले पहिलो पटक जनावर विरामी परेको छ। कोरोना भाइरस संक्रमणबाट सबैभन्दा प्रभावित न्यू योर्क सिटी ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार संक्रमणका कारण आफ्नो एक बाघलाई कोभिड-१९ भएको बताएका हुन्।

सो चिडियाखानामा रहेको ४ वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। नादियासहित चिडियाखानाका अन्य तीन बाघ र तीन सिंहमा सुख्खा खोकी विकसित भएपछि उनीहरूमध्ये सबैभन्दा बिरामी नादियाको कोभिड-१९ परीक्षण गरिएको थियो।

कोभिड-१९ गराउने यो भाइरस जनावरबाट मानिसमा सरेको अनुमान गरिदैं आइएको थियो र यसअघि हंगकंगका केही जनावरहरूको परीक्षण नतिजा ‘पोजेटिभ’ आएको थियो।

संक्रमणको कुनै लक्षण नदेखिएका सो चिडियाखानाका कर्मचारीको सम्पर्कमा आएपछि नादिया बिरामी परेकाले यो एउटा पृथक केस भएको विश्वास चिडियाखानाका प्रमुख भेटेनेरियन पल कालेले बताएका छन्। पलले कुन कर्मचारीबाट नादियालाई संक्रमण भएको हो भन्ने पत्ता नलागेको बताए।

‘मानिसबाट जनावर संक्रमित भएर बिरामी परेको संसारमा हामीलाई थाहा भएको यो नै पहिलो पटक हो’, पलले भने। विरामी परेपछि नादियाको एक्सरे, अल्ट्रासाउण्ड र रक्त परीक्षण गरेको चिडियाखानले न्यू योर्क कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित भएकाले उनको कोरोना भाइरस परिक्षण गरेको थियो।

मध्य मार्चबाट सो चिडियाखाना बन्द छ। बाघले मार्च २७ बाट विरामीको लक्षण देखाएको नादियाको कोरोना परीक्षण गरेको अमेरिकाको राष्ट्रिय भेटनरी सेवा प्रयोगशालाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved