लकडाउन लम्ब्याउने बाहेक सरकारले गरेका कामहरु निन्दनिय छन् -राप्रपा

  • वैशाख १४, २०७७
  • कालापानी मिडिया
alt


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देश कोभिड-१९ संक्रमण बिरुद्ध एकढिक्का भएर लाग्नु पर्ने घडिमा सत्तारुढ दल नेकपा आन्तरिक सत्ता र शक्ति संघर्षमा अलमलिन पुग्नु दुर्भाग्यपूर्ण भएको बताएको छ ।94516891_2337216949911471_6584365197559857152_n


आइतबार राप्रपाका अध्यक्ष कमल थापा निवास बुढा निलकण्ठमा पार्टीका शिर्षस्थ नेताहरुको बैठक बसेर बिज्ञप्ती जारी गर्दै राप्रपाले नेकपाले यस्तो महामारीको बेला एकजुट भएर जानुको साटो पार्टी भित्र किचलो गरेर बस्नु उपयुक्त नभएको बताएको हो ।95144338_2337216846578148_3415995878027034624_n

बैठकले संबिधानको भावना विपरित सरकारले हालै जारी गरेको राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धि अध्यादेश त्यही विकृतिको पछिल्लो उदाहरण भएको ठहर समेतख गरेको छ ।92551984_2337217016578131_2163973376069074944_n

साथै राप्रपाले कोरोना भाईरसको महामारी नियन्त्रण गर्न सरकारले चालेका कदमहरु उपयुक्त भएपनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर रहेको निष्कर्ष निकालेको छ।95089350_2337217049911461_8571222007901847552_n

लकडाउन लम्ब्याउने बाहेक अन्य विषयमा सरकारको उपस्थिति, प्रयास र प्रभावकारीताको अनुभूति हुन नसकेको बताएको राप्रपाको बिज्ञप्तिमा उल्लेख छ ।2077-1-14-1422x2048

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved