केपी ओलीको प्रस्ताव : बामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

  • वैशाख १८, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।

नेकपामा आन्तरिक विवाद चर्किएका बेला बुधबार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका ओलीले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राखेका हुन् ।

ओलीले अहिले भने प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको बताएका छन् । अहिले आफूले पद त्याग्नु जगहँसाइ मात्र हुने उनको तर्क छ ।
सरकारले राम्रो काम गरेको भन्दै ओलीले राम्रा कामको बचाऊ सबै पार्टी नेताहरुले गर्नुपर्ने बैठकमा बताए ।

सरकार फेर्नु नै पर्ने भए कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको उनले बताए । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर बामदेवलाई ल्याउन आफू तयार रहेको उनको भनाइ थियो ।

साथै पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका सबै आरोप खारेज गर्ने समेत भनेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved