५० औं वैवाहिक दिवसमा पूर्व राजा र रानीको सन्देश

  • वैशाख २०, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मी शाहले आफ्नो ५० औं वैवाहिक वर्षगाठका अवसरमा शुभकामना दिने सबैमा आभार व्यक्त गरेका छन्। शनिबार एक सन्देश जारी गर्दै भनेका छन्, “हाम्रो हिन्दु संस्कृतिमा विवाहलाई एक उच्चतम संस्कारका रुपमा मानिन्छ। दुई आत्माको सम्मिलन र प्रेमबन्धनको शुभ अवसरका रुपमा रहेको विवाह संस्कार जीवन व्यवहारको सारसूत्र पनि हो। त्यसैले शुभविवाहको वार्षिक सन्दर्भ र त्यसपछिका व्यतित दिवस सन्दर्भलाई स्मरण गर्दा हाम्रो शुभविवाह भएको पनि ५० वर्ष भएछ। यो शुभ सन्दर्भ पारेर हाम्रा आफन्त,इष्टमित्र, शुभेच्छुक र शुभचिन्तक व्यक्तित्वहरुले हामीलाई बधाईका साथै हार्दिक शुभकामनाका मंगलकारी अभिव्यक्ति पोख्नु भएकोमा उहाँहरु सबैप्रति सद्भावपूर्वक हार्दिक धन्यवाद ब्यक्त गर्दछौं।” नेपाली इतिहासका महत्वपूर्ण पात्र पूर्व राजा र रानीको विवाह २०२७ सालमा भएको थियो।aaaaaaaaa

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved