भोलीबाट नेपालगन्जमा निषेधाज्ञा

  • वैशाख २२, २०७७
  • कालापानी मिडिया
alt

भिम पौडेल,बाँके । कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले भोलिदेखि नेपालगन्जमा निषेधाज्ञा जारी गरेको छ ।
आज बसेको जिल्ला सुरक्षा समितिको आकास्मिक बैठकले नेपालगन्जलाई भोली विहान ११ बजेदेखि लागु हुनेगरी तीन दिनसम्मकालागि निषेधित क्षेत्र घोषणा गर्दै आगामी २५ गते राती १२ बजेसम्म लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिए।

निषेधाज्ञाको समयमा संचारकमीर्, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वाव संकलनमा खटिने कर्मचारी बाहेक अरु सवैलाई हिडडुलमा प्रतिबन्ध लगाइएको छ । नेपालगन्ज उपमहानगरपालिका ८ जोलहनपुरुवामा ८ परिवारका १६ जनामा कोरोना पुष्टि भएपछि प्रशासनले मानिसहरुको मुभमेन्ट रोक्न निषेधाज्ञा जारी गरेको जनाएको छ । कोरोनाको त्रासका कारण नेपालगन्जका अधिकांश टोलहरु स्थानीय आफैले पनि सील गरेका छन् ।
बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभए सम्मका लागि बन्द गर्ने निर्णय समेत गरेको छ । आज बसेको बैठकले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वाव संकलन गर्ने र कन्ट्याक्ट ट्रेसिङ्गका जनशक्ति बाहेक अनयसबैलाई आवागमनमा रोक लगाउने निर्णय गरिएको छ ।
आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनैपनि किसिमले बाटो छेक्ने, राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानुन अनुसार कारवाही समेत गर्ने निर्णय गरेको छ । सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने, खलल पर्ने सामाग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउने निर्णय समेत बैठकले गरेको छ ।aa

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved