प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नहटाए ओलीको राजीनामा माग्ने

  • वैशाख २२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर ओलीको राजीनामाको एजेन्डा टरेको चर्चाबीच फेरि राजनीतिक उथलपुथल आएको छ ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गोप्य भेला गर्दै प्रधानमन्त्री ओलीसामु गम्भीर शर्त राखेका छन् । शर्त कार्यान्वयन नभए ओलीको राजीनामाको माग चर्काउने सहमति भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ निवास हात्तीवनमा भएको प्रचण्ड–नेपाल समूहको भेलाको सहमति कार्यान्वयन नभए ओलीको राजीनामाको माग स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा चर्काइने भएको छ । प्रचण्ड र नेपाल समूहले पार्टीको महाधिवेशनसम्म सहकार्य गरेर अगाडि बढ्ने सहमति समेत गरेका छन् ।

हात्तीवन भेलामा प्रचण्ड, नेपाल, झलनाथ खनाल र श्रेष्ठ सहभागी थिए । चारै जना नेकपा सचिवालय सदस्य हुन् । भेलामा पार्टीमा ‘एक व्यक्ति एक पद’लाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने, शनिबारको बैठकको सहमतिको विश्वासनीयता कायम गर्न प्रधानमन्त्री ओलीले सचिवालयमा रहेका व्यक्तिहरु (विष्णु रिमाल, सूर्य थापा लगायत) लाई हटाउने र चारै नेताले सिफारिस गरेका १र१ व्यक्ति प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गर्न आग्रह गर्ने सहमति समेत गरेका छन् ।

भेलाको सहमति अनुसार अध्यक्ष प्रचण्डले १ र ३ नम्बर प्रदेशका मुख्यमन्त्री हटाउनुपर्ने भएको छ । दुवै प्रदेशका बहालवाला मुख्यमन्त्रीलाई हटाएपछि १ नम्बर प्रदेशमा भीम आचार्य र ३ नम्बर प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिने सहमति समेत भएको छ ।

४ नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई रहिरहन दिने तर उनीहरूलाई सम्बन्धित प्रदेशको पार्टी इन्चार्जबाट हटाउन दबाब दिने सहमति समेत भएको छ । ओली नेतृत्वको अहिलेको मन्त्रिपरिषद्का सदस्य फेर्न लगाउने र प्रचण्ड–श्रेष्ठ, नेपाल–खनाल तथा ओलीको भागमा एक–एकतिहाइ हिस्सा पर्ने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न दबाब दिने सहमति बनेको छ ।

सोमबार श्रेष्ठ निवासमा भएको भेलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुनै पनि हालतमा पूर्व सचिव प्रेमकुमार राईलाई नियुक्त गर्न नदिने सहमति समेत गरेको स्रोतको दाबी छ । आगामी दिनमा हुने राजदूत, संवैधानिक निकाय र अन्य महत्त्वपूर्ण नियुक्तिमा अध्यक्षद्वयले पहिला छलफल गर्ने, त्यसपछि सचिवालयबाट अनुमोदन गराउने र ओली, नेपाल र दाहाल पक्षको समान हैसियत हुने गरी नियुक्ति गर्न दबाब दिने सहमति बनेको छ ।

प्रचण्ड–नेपाल समूहको भेलाले नेकपा उपाध्यक्ष वामदेव गौतमले धोका दिएका कारण प्रधानमन्त्री ओलीको राजीनामा टरेको निष्कर्ष निकालेको छ । भेलाले आगामी दिनमा बामदेव गौतमलाई विश्वास नगर्ने निष्कर्ष समेत निकालेको जनाइएको छ । मिडिया डबली

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved