उत्तराखण्डका सहरमा चिरा पर्न थालेपछि

  • पुस २६, २०७९
  • कालापानी मिडिया
alt

                                                                 तस्वीर-एजेन्सी

काठमाडौं । भारतको उत्तराखण्डमा रहेको जोशीमठ सहरका घर र सडकहरूमा चिरा पर्न थालेपछि सरकारले ६८ घरपरिवारलाई सुरक्षित ठाउँमा सारेको छ । अरू थप परिवारलाई पनि त्यहाँबाट सारिने योजना रहेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सहरमा रहेको चार हजार पाँच सय घरमध्ये छ सयभन्दा धेरै घरहरू चर्किएकाले बढी जोखिममा रहेकाहरूलाई सुरक्षित ठाउँमा सारिएको मुख्यमन्त्री धामीले बताए । सहरलाई नै जोखिमयुक्त क्षेत्र घोषणा गरेर पीडित परिवारलाई सुक्खा रासन र आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

जोशीमठ रहेको चामोली जिल्लाका मजिस्ट्रेट हिमांशु खुरानाले सहरको अवस्था अध्ययन र थप सहयोगका लागि सङ्घीय सरकारको दुई वटा टोली पनि सहरतर्फ आउँदै गरेको बताए ।

पर्यावरणीयरूपमा नाजुक हिमाली क्षेत्रमा रहेको जोशीमठका बासिन्दाले लामो समयदेखि खतरा बढेको गुनासो गर्दै आएका थिए । गएको हप्ता एउटा राष्ट्रिय राजमार्गमा हजारौँ प्रदर्शनकारीले अवरोध पुर्‍याएपछि सरकारले सहयोग र अध्ययन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

राजसंस्था वैदिक सनात ...

जेष्ठ , २ ललितपुर । नेपालमा वैदिक सनातन राष्ट्र र अभिभावकीय भूमिकामा राजसंस्थाको आवश्यकता भएको बुद्ध ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved