बुहारीको हत्या गरी जलाउँदै ,सासूससूरा सहित अन्य तीन प्रहरीको नियन्त्रणमा

  • चैत २३, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
पर्सा २३ फागुन : बुहारीको हत्या गरी जलाउँदै अभियोगमा सासूससूरा र कान्छी बुहारी सहित ५ जना पक्राउ परेका छन् । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोल बस्ने २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उर्मीला देवी पण्डितको पर–पुरुषसंग अनैतिक सम्बन्ध रहेको भनी बिषयलाई लिई कर्तव्य गरी मारी मृतक उर्मिला देवीको शव जलाउन लगेको भनी बिशेष सूचनाको आधारमा प्रहरीले उर्मिला देवीको शव जलाउदै गरेको शव नियन्त्रणमा लिएको थियो । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि मृतकको सासू ,ससुरा, देउरानी र अर्का दुई व्यक्ति गरी ५ जनालाई नियन्त्रणमा लिएको छ । उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासू ५५ वर्षीया फूलकुमारी देवी र देउरानी २३ वर्षीया मालती देवी र अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिहान उर्मिलाको हत्या गरी जलाउँदै गरेको सूचना पाएपछि गएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएको थियो ।

जलेको शरीरको केही भाग संकलन गरेर पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाईने ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । पक्राउ परेका पाचजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको तथा नियन्त्रणमा लिइएको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाईने ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । मृतक उर्मिलाका श्रीमान् विदेशमा रहेका छन भने उनको माइती बारा जिल्ला चिलझपटी रहेको छ । मृतक उर्मिलाको ३ वाटा छोरी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

राजसंस्था वैदिक सनात ...

जेष्ठ , २ ललितपुर । नेपालमा वैदिक सनातन राष्ट्र र अभिभावकीय भूमिकामा राजसंस्थाको आवश्यकता भएको बुद्ध ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved