नेपालीलाई नेपाल ल्याउ, अलपत्र नछोड - लोकेन्द्र बहादुर चन्द

  • चैत १९, २०७६
  • कालापानी मिडिया
alt

१९ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा राप्रपा नेता लोकेन्द्र बहादुर चन्दले भारतमा रहेका नेपालीलाई ति सक्दो चाडो स्वदेश ल्यउन सरकारसंग आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत बैतडी र दार्चुलाका नेपालीहरुको भारतको धार्चुलामा दुरावस्था भएकाले तत्काल निर्णय गरेर स्वदेश ल्याउन सरकार संग आग्रह गरेका हुन्।

उनले सामाजीक संजाल फेसबुकमा लेखेका छन्, बैतडी र दार्चुलाको भारत संग जोडिएको सिमानामा केही दिन देखि भारत बाट नेपाल आउन खोजेका अन्दाजी ७०० जना नेपाली नागरिक थुनिएर बसेको खबर पाए । म नेपाल सरकार संग निजहरु लाई नेपाल भित्र्याएर निर्धारित प्रक्रिया अपनाउन अनुरोध गर्न चान्छु।

lokendra bahadur chand

लकडाउैनका कारण धार्चुलामा मात्र होइन, कञ्चनपुरको सिमाना बनबासा, गड्डाचौकी, कैलालीको गौरीफन्टा लगायतका भारत संग जोडिएका सुदूपश्चिमका नाकाहरुमा नेपालीहरु अलपत्र छन् । उनीहरु नेपाल प्रवेश गर्न पाएका छैनन् भने नेपाल सरकारले उतै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको बताउँदै आएको छ ।

यद्धपी, चीनको वुहानबाट एक सय ७५ जना नेपालीलाई विमान चार्टर गरेर ल्योएको सरकारले सीमा क्षेत्रमा आइपुगेका नागरिकलाई प्रवेश नदिएर भारतमै राखेको भन्दै सर्बत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

राजसंस्था वैदिक सनात ...

जेष्ठ , २ ललितपुर । नेपालमा वैदिक सनातन राष्ट्र र अभिभावकीय भूमिकामा राजसंस्थाको आवश्यकता भएको बुद्ध ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved