भारतमा शिशु बेचबिखन घटनामा नौ जनाविरुद्ध मुद्दा दायर, ५ नवजात शिशुको उद्धार

  • साउन १०, २०८१
  • कालापानी मिडिया
alt

एजेन्सी । भारतमा केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले नवजात शिशुहरूको बेचबिखन र खरिद बिक्री सम्बन्धी घटनामा नौ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।

अभियोग पत्रमा परेका आठ जना आरोपितलाई यसअघि सिबिआईले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको थियो । अनुसन्धानका क्रममा अहिलेसम्म पाँच नवजात शिशुको उद्धार पनि गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

आरोपितहरू सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमा संलग्न रही विज्ञापनमार्फत शिशु लिन चाहने भारतभरका सन्तान नभएका दम्पतीहरूसँग जोडिएको अनुसन्धानले पत्ता लगाएको छ । उनीहरूले धोका दिएर र प्रलोभनमा पारेर आर्थिक रूपमा विपन्न अभिभावकहरूबाट शिशुहरू किनेका थिए ।

त्यसपछि उनीहरूले प्रतिशिशु चारदेखि छ लाख भारतीय रुपैयाँसम्मको मूल्यमा खाँचोमा परेका दम्पतीलाई जन्म तथा धर्मपुत्रसम्बन्धी नक्कली कागजात बनाएर ठगी गर्ने गरेका पाइएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

राप्रपामा पहिरो: महा ...

काठमाडौँ, ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पार्टी विभ ...

भारतीय प्रधानमन्त्री ...

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved