भारतसँग श्रीलंका ४३ रनले पराजित

  • साउन १४, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी शृंखला एक खेल अगावै जितेको हो।

आइतबार भएको दोस्रो खेल भारतले डकवर्थ लुइसपद्धतिका आधारमा ७ विकेटले जितेको हो। वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर जित हात पार्यो । भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए।

यस्तै कप्तान सूर्यकुमार यादवले २६ तथा हार्दिक पन्ड्याले २२ रन जोडे। श्रीलंकाका लागि महिश थिकसना, वाविन्दु हसरंगा र मथिसा पाथीरानाले समान १ विकेट लिए। त्यसअघि श्रीलंकाको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो।

श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले। परेराले ३४ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे। ओपनर पथुम निशंकाले २४ बलमा ३२, कमान्डु मेन्डिसले २३ बलमा २६ तथा कप्तान चरिथ असलंकाले १४ रन बनाए।

भारतका लागि रवि बिष्नोईले ३, हार्दिक पाण्ड्या, अर्शदिप सिंह र अक्षर पटेलले समान २ विकेट लिए। भारतले पहिलो टी- ट्वान्टी आईमा ४३ रनको जित निकालेको थियो। शृंखलाको तेस्रो खेल मंगलवार हुनेछ। त्यसपछि यी दुई टोलीले तीन एक दिवसीय खेल खेल्नेछन्।

गौतम गम्भीरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो उपाधि हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

राजसंस्था वैदिक सनात ...

जेष्ठ , २ ललितपुर । नेपालमा वैदिक सनातन राष्ट्र र अभिभावकीय भूमिकामा राजसंस्थाको आवश्यकता भएको बुद्ध ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved