साफ यु -20 : माल्दिभ्सविरुद्ध २–१ ले जित्दै भुटान सेमिफाइनलमा पुग्ने सम्भावना जिवित

  • भदौ ५, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । भुटान २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेशको सम्भावना कायमै राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा १० खेलाडीमा सीमित माल्दिभ्सविरुद्ध २–१ ले जित्दै भुटानले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राखेको हो।

भुटानका लागि जिग्मे दोर्जी र नवाङ छोपेलले गोल गरे। हाफटाइमअघि एक गोलले भुटानले अग्रता लिए पनि दोस्रो हाफमा माल्दिभ्सले गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो। गोलरक्षक सोनम तेन्जिङले गरेको फाउलमा रातो कार्ड खाँदै मैदान बाहिरिएिपछि १० खेलाडीमा सीमित भुटानले माल्दिभ्सलाई रोमाञ्चक खेल जितेको हो।

भुटान ५१औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। गोलकिपर तेन्जिङले पेनाल्टी बक्सबाहिर आएर ह्यान्ड गरेपछि रातो कार्ड खाएका थिए। त्यसमा पाएको फ्रि-किकलाई फिराकले सीधै गोलमा गरेर ५३औँ मिनेटमा बराबरी गर्दै माल्दिभ्सलाई खेलमा फर्काएका थिए। माल्दिभ्सले अब समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ।

माल्दिभ्स भारतसँग पराजित भए वा बराबरीमा खेल टुंगिएमा भुटान सेमिफाइनलमा पुग्नेछ। समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ। समूह चरणको अर्को खेलमा नेपालले भोलि बंगलादेशसँग खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

राजसंस्था वैदिक सनात ...

जेष्ठ , २ ललितपुर । नेपालमा वैदिक सनातन राष्ट्र र अभिभावकीय भूमिकामा राजसंस्थाको आवश्यकता भएको बुद्ध ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved