सरिता गिरीको ठाउँमा झापाकी लीला सिटौला सांसद बन्दै

  • असार २४, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ । सांसद सरिता गिरीलाई सांसद पदबाट फिर्ता बोलाएपछि समाजवादी पार्टीले लीला सिटौला प्रसाईंलाई पठाउने भएको छ।

समाजवादीको खस आर्य महिला कोटाबाट सांसद बनेकी गिरीलाई फिर्ता बोलाएपछि उनीपछि समानुपातिक सूचीको रोलक्रममा रहेकी सिटौलाले अवसर पाउने भएकी हुन्। सिटौला झापा निवासी हुन् ।

समाजवादी पार्टीले मंगलबार गिरीलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो। समानुपातिक सांसद पदमुक्त भए बन्द सूचीमा रहेको रोलक्रमका आधारमा नियुक्त गर्न पाउने कानुनी व्यवस्था छ।

सरकारले नेपालको नयाँ अध्यावधिक नक्सा जारी गर्ने घोषणा गरे लगत्तै देखि देशहित विरुद्ध बोल्न थालेकी गिरीले सरकारले ल्याएको संविधान संशोधन विधेयककाविरुद्ध संशोधन दर्ता गराएकी थिइन् ।

गिरीको उक्त निर्णय फिर्ता लिन पार्टीले निर्देशन दिए पनि उनले नमानेपछि पार्टीले उनलाई कारवाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved