युरोपमा कोरोना भाइसले फेरी बढ्दो क्रममा, डब्लुएचओले दियो चेतावनी

  • असार १२, २०७७
  • कालापानी मिडिया
alt

युरोपमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु फुकुवा गरेसँगै पछिल्ला हप्तामा संक्रमण बढेको देखिएको हो ।

अर्मेनिया, स्वीडेन, माल्डोभा, नर्थ मेशेडोनियासहितका ११ देशमा संक्रमण बढ्दो क्रममा रहेको र यो अति चिन्ताको विषय भएको डब्लुएचओका क्षेत्रीय निर्देशक डा। हान्स हेनरी क्लुगले बताएका छन् ।

महामारीको दोस्रो लहर आउने सम्भावना देखिएको र सावधानी नअपनाइएमा स्वास्थ्य सेवा अति कमजोर हुने चेतावनी उनले दिएका छन् ।

डब्लुएचओका अनुसार युरोपमा अहिलेसम्म २६ लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक लाख ९५ हजार भन्दा बढीको ज्यान गएको छ ।

युरोपमा पछिल्लो समय दैनिक झण्डै २० हजार संक्रमित थपिने गरेको र त्यसमध्ये सात सय भन्दा बढीको मृत्यु हुने गरेको देखिएको छ ।

संक्रमण बढ्दो क्रममा देखिनेमा अजरबैजान, काजखस्तान, अल्बानिया, बोसनिया हर्जगोविना, किर्जिकिस्थान, युक्रेन र कोसोभो पनि रहेका छन् ।

पोल्याण्ड, जर्मनी, स्पेन, इजरायलसहितका देशले विद्यालय, कोइला खानी तथा खाद्य उत्पान उद्योगमा देखिएको संक्रमण नियन्त्रणका लागि तत्काल काम गरेकाले थप फैलिन नपाएको पनि उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved