केन्द्रीय सदस्यमा देउवा समूह हावीः देउवाबाट २५ र शेखरबाट ९ सदस्य निर्वाचित हुँदा प्रकाशमान प्यानल ‘निल’

  • पुस ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। आइतबार राति सम्पन्न मतगणना अनुसार खुला केन्द्रीय सदस्यमा अधिकांशमा शेरबहादुर देउवा प्यानल हावी भएको छ। पदाधिकारीतर्फ पनि देउवा प्यानल नै अघि छ।

पदाधिकारीमा एक उपसभापति र ६ जना सहमहामन्त्री देउवा पक्षले जितेको छ। एक उपसभापति र एक महामन्त्री तथा दुई सहमहामन्त्री शेखर कोइराला प्यानलले जित हासिल गरेको छ। एक महामन्त्री प्रकाशमान सिंह समूहले जितेको छ।

तर, केन्द्रीय सदस्यमा भने सिंहको प्यानल निल भएको छ। सिंहसहित तीनै सभापतिका प्रत्यासीबाट सूचीमा नाम सामेल भएका शशांक कोइरालाबाहेक सिंह प्यानलबाट कोही पनि निर्वाचित भएन।

मत परिणाम अनुसार देउवा पक्षका २५ उम्मेद्वार विजयी भएका छन्। ९ जना शेखर प्यानलबाट निर्वाचित भए। देउवा, शेखर र प्रकाशमान प्यानलमा परेका शशांक कोइरालाले पपुलर मतसहित केन्द्रीय सदस्यमा जित हासिल गरे। खुला केन्द्रीय सदस्यको नतिजासँगै देउवा सुविधाजनक बहुमततर्फ उन्मुख छन्। 

देउवा प्यानलबाट निर्वाचित

एनपी साउद

बालकृष्ण खाण

उदय शम्शेर राणा

रामहरि खतिवडा

ज्ञानेन्द्रबहादुर कार्की

रमेश लेखक

शंकर भण्डारी

जीपछिरिङ लामा

जीतजंग बस्नेत

गोपालमान श्रेष्ठ

मोहनबहादुर बस्नेत

सुनीलबहादुर थापा

नैनसिंह महर

गोविन्द भट्टराई

कुन्दनराज काफ्ले

सुरेन्द्रराज पाण्डे

पद्यनारायण चौधरी

राजीव ढुंगाना 

गुरु बराल

मदनबहादुर अमात्य

गणेश लामा

उमेशजंग रायमाझी

मोहन आचार्य

गोपाल दहित

कृष्णकिशोर घिमिरे

 

शेखर प्यानल

अर्जुननरसिंह केसी

दिलेन्द्र प्रसाद बडु

रामशरण महत

बलबहादुर केसी

दिपक गिरी

सञ्जयकुमार गौतम

गोविन्दराज पोखरेल

अजयबाबु शिवाकोटी

दिनेश कोइराला

 

देउवा/शेखर/प्रकाशमान

शशांक कोइराला

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved