सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच सहमति भएको एक वर्ष, सहमतिको औचित्यमाथि नै प्रश्न ?

  • फागुन २१, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौँ । गत वर्षको आजकै दिन अर्थात फागुन २१ गते सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच सहमतिको भएको थियो । सहमतीको तेस्रो बुँदामा भनिएको थियो, नेपाल सरकार नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका नेता–कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ,’। यसरी दुई वर्ष ‘भूमिगत’ नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राष्ट्रिय सभा गृहमा सार्वजनिक भएका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगै हलमा प्रवेश गरेका थिए विप्लव ।

पहिलो बुँदामा देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने र दोस्रोमा नेकपाले आफ्ना सबै क्रियाकलाप शान्तिपूर्णरूपमा सन्चालन गर्ने सहमति थियो । पहिलो बुँदामा भनिएअनुसार कुन राजनीतिक समस्या कोसँग संवाद गरेर हल गर्ने ? अस्पष्ट बुँदामा स्पष्ट कुनै काम भएन । राजनीतिक मुद्दामा चन्द नेकपाले छलफल चलाए पनि दुई पक्षीय वार्ता र संवाद हुन सकेन । दोस्रो बुँदाअनुसार नेकपाले शान्तिपूर्ण गतिविधि गरिरहेको छ ।

तेस्रो बुँदाको सहमति आधा कार्यान्वयन भयो । सरकारले नेकपामाथिको प्रतिबन्ध सहमतिलगत्तै फुकुवा गरिदियो । तर, महत्वपूर्ण काम अझै बाँकी छ । नेकपाका नेता–कार्यकर्ताको रिहाइ र मुद्दा खारेज अझैसम्म हुन सकेको छैन । सहमतिपछि अपवादमा एक दुई जनाबाहेक हिरासतमुक्त भएका छैनन् । केही कानुनी प्रक्रिया पुरा गरेर निस्किएका छन् । अझैं चन्द नेकपामा ८० बढी नेता–कार्यकर्ता हिरासतमा छन् । दुई हजारमाथि लगाइएका मुद्दा खारेज भएका छैनन् ।

केपी ओलीले सरकारमा रहुन्जेल सहमति कार्यान्वयमा चासो देखाएनन् । बाहिरिएपछि उपलब्धी सुनाइरहेका छन् । उपलब्धी अझै सुनाइरहनेछन् । ओली सरकारको बहिर्गमनपछि बनेको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आश्वासन दियो, कार्यान्वयनमा चासो दिएको छैन ।

योबीचमा चन्द नेकपाका महासचिवसहित नेताहरूले दर्जनौँपटक सरकारका प्रतिनिधिसँग सहमति कार्यान्वयनका लागि आग्रह गरे । प्रमुख दलका शीर्ष नेतासँग पटक–पटक भेटेरै सहमति कार्यान्वयनका लागि आग्रह गरे । भेटैपिच्छे सरकार र दलका नेताहरूले सहमति कार्यान्वयनमा सकारात्मक रहेको सुनाए। तर, उपलब्धी भने शून्य प्राय छ। न सरकारले सहमति कार्यान्वयनमा चासो देखायो न दलका नेताहरूले दबाब दिए । यसले नेकपाका नेता–कार्यकर्ताको आक्रोश बढ्दै गएको छ ।

सहमतिको औचित्य सकिएको हो ?
सरकारसँग सहमति भएको एक वर्षसम्म पनि महत्वपूर्ण बुँदा कार्यान्वयन नभएपछि नेकपाका नेताहरूले यसको औचित्यमाथि नै प्रश्न उठाउन थालेका छन् । पटक–पटक सहमति कार्यान्वयन गर्न आग्रह गर्दा पनि सरकारले नसुनेपछि सहमतिको औचित्यमै नेता–कार्यकर्ताहरूले प्रश्न उठान थालेका हुन् । कार्यकर्तामात्रै होइन सहमति कार्यान्वयन नभएकोमा नेतृत्व तहमा असन्तुष्टि छ । एक वर्षमा पनि सहमति कार्यान्वयन नभएपछि अब विकल्प खोज्नुपर्ने निष्कर्षमा नेकपा पुग्न थालेको छ ।

सरकारले एक वर्षसम्म पनि सहमति कार्यन्वयन नगरेपछि अब नयाँ ढंगले सोच्नुपर्ने बेला आएको कार्यकर्ताहरु वताउन थालेका छन् । अझै पनि थोरै आसा बाँकी रहेको भन्दै नभए पुनर्विचार गर्नुपर्ने अवस्था आउने उनिहरुको चेतावनी छ । ‘सरकारले प्रतिबद्धता गरेपछि कार्यान्वयन गर्नुपर्छ ।

सरकार विद्रोह भड्काउन चाहन्छ, अब सोच्ने बेला आएको छ
नेकपाले सहमति गर्दा सरकारको नेतृत्वमा केपी ओली थिए । उनी बाहिरिएपछि शेरबहादुर देउवा प्रधानमन्त्री छन् । नेकपाकै पूर्व सहयोद्धा प्रचण्ड तत्कालीन र अहिलेको सरकारमा समेत सत्ता साझेदार छन् । तर, सहमति कार्यान्वयनमा सिन्को भाँचिएको छैन । दुवै सरकारले सहमति कार्यान्वयनमा चासो नदेखाएको नेकपा नेताहरूको गुनासो छ । हालसम्म आफूहरू संयमित हुँदै आएकोमा अहिले संयमको पराकाष्ठामा पुगेको कार्यकर्ताहरुको आक्रोस छ ।

इकागज

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved