राजा ज्ञानेन्द्र निर्दोष हुन, तर उनको लागि बोलीदिने कोई छैन

कसले मार्‍यो त राजा वीरेन्द्रलाई ?

  • जेठ १९, २०७९
  • कालापानी मिडिया
alt

कसले मार्‍यो त राजा वीरेन्द्रलाई ? जवाफका लागि केही परिस्थितिजन्य प्रमाणलाई नियाल्नुपर्ने हुन्छ किनकि त्यो त्रिभुवन सदनका मूल पात्र वितिसकेका छन्भ, ने बाँचेकाहरूको बयानलाई विश्वसनीय मानिएको छैन । हत्याकाण्डताका युवराज दीपेन्द्र मानसिक तनावमा थिए भन्ने ठम्याइ उनीसँग नजिक रहेकाहरूको छ ।

काडमाडौंको महाराजगञ्ज बस्ने देवयानी राणासँग श्री ५ युवराजाधिराज दीपेन्द्रको घनिष्ट सम्बन्ध थियो । उनिहरु प्रेम सम्बन्धमा भएकाले बिबाह नै गर्न चाहन्थे । तर,काका धीरेन्द्रलाई समेत पदच्युत गर्न सक्ने आमा ऐश्वर्यले छोरालाई देवयानी राणासँग विवाह गर्नका लागि निषेध गरेकी थिइन् । जुद्धशमशेरको परिवार (रानी ऐश्वर्य) तथा चन्द्रशमशेरको सन्तान (देवयानीका बाबु पशुपतिशमशेर राणा) बीचको पुरानो प्रतिस्पर्धा र कुण्ठाले वर्तमानसम्म असर पारेको थियो । भारतको रवाफी ग्वालियर घरानाकी पुत्री (देवयानी राणाकी आमा) बारे ऐश्वर्यको नकारात्मक सोचले पनि दीपेन्द्रको रोजाइ स्वीकार्य नहुनुमा भूमिका खेलेको देखिन्छ ।

बूढानीलकण्ठ स्कूलमा पढेका तर खासै केही इलम नगरी मात्र ‘युवराज’ को पद बोकेका दीपेन्द्रमा देवयानीलाई विवाह गरे श्रीपेच हरण हुने आमाको धम्कीले ठूलै तनाव उत्पन्न भएको हुनुपर्छ । फेरि, बाबु वीरेन्द्रले राम्रो नियन्त्रणमा नराखेका दीपेन्द्रमा रक्सी तथा चरेस लिने आदत बसेको र साथीभाइको जस्तो व्यवहार गर्ने अंगरक्षकहरूले पनि यो लतका विषयमा कुनै कदम नचालेको बुझिन्छ ।

सानैमा पेस्तोल उपहार पाएर चलाउन सिकेका दीपेन्द्रलाई बन्दूक मोह त थियो नै । त्यतिवेला माओवादीसँग लड्न सेनाका ‘कर्णेल–इन–चिफ’ भएका नाताले उनले तीन–तीन अत्याधुनिक स्वचालित बन्दूकको निरीक्षण गर्दै थिए र ती अस्त्र आफ्नै ‘खोेपी’ को ¥याकमा सुसज्जित थिए ।

दीपेन्द्रले हत्याकाण्डको केही दिन अगाडि योजनाबद्ध हिसाबले सबैलाई रात्रिभोजमा डाकेका थिए – चितवन र पोखरा भ्रमणमा रहेका काका ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत विशेष आग्रहका साथ । प्रधानमन्त्रीले ‘पारिवारिक भेलामा आउँदिन’ भनेर इन्कार गरेका थिए । नारायणहिटी प्रांगणभित्र दीपेन्द्रकै वासस्थान त्रिभुवन सदनमा त्यो १९ गतेको कालरात्रिमा बाबुआमा, काका–काकी, बहिनी–ज्वाइँ, बच्चाबच्ची आदि भेला भए । छलफल र ड्रिङ्स चल्दैथियो । दरबारभित्र नितान्त पारिवारिक समारोह भएकोले अंगरक्षकहरू छुट्टै कोठामा बसेका थिए ।

प्रत्यक्षदर्शीबाट सार्वजनिक भएको सूचना अनुसार अलि मात लागेको जस्तो देखिएपछि दीपेन्द्रलाई अरूको आडमा माथि ‘बेडरुम’ मा पठाइएको थियो तर एकैछिनमा मिलिटरी पोशाक लगाई तीन बन्दूक भिरेर उनी तल ओर्लिए । छुराले एकजनालाई मार्ला अरूले नियन्त्रणमा ल्याउन कोशिश गर्दागर्दै पेस्तोल हुनेले दुईजना, तर मिनेटमा दर्जनौं राउण्ड फायर गर्न सक्ने स्वचालित बन्दूकले एकैछिनमा नौ जना मार्न असम्भव थिएन ।

दीपेन्द्रको जस्तै अनुहार भएको मुकुण्डो लगाएर कसैले गोली चलाएको भन्ने आशंका भने बढी हिन्दी फिल्म हेर्नेको बुझाइ मात्र हो । वास्तवमा कसैको अनुहार दुरुस्त हुने गरी प्रयोग गर्न सकिने रबर ‘मास्क’ कतै बन्दैन, सिवाय बलिउड सिनेमामा । ठूलो पर्दामा विशेष गरी खलनायकबाट ‘मास्क’ को प्रयोग भएको जसरी देखिन्छ त्यो त फिल्म सम्पादनको तरक्की मात्र हो । तर यो कुरा नबुझ्नेका लागि दीपेन्द्रको अनुहारको मुकुण्डो लगाएर अरू कसैले गोली चलाएको हो भन्ने ठोकुवा पत्याउन सजिलो भइदियो ।

यस्तै उक्त रात कैयन् सुरक्षाकर्मी गायब गरिएको र लासलाई ट्रकमा लगेर जलाइएको हल्ला अझै जीवित छ तर त्यति धेरै मान्छेहरु मारिंदा पनि परिवार वा आफन्तबाट उनीहरुको खोजी किन भएन रु आजसम्म धेरैले मान्दै र भन्दै आएको ‘प्रमाण’ का आधार ज्ञानेन्द्रको वर्तमान निरंकुश स्वभाव र पारसको विगतको क्रियाकलापबाट मात्र जन्मिएको जस्तो देखिन्छ ।

नारायणहिटी हत्याकाण्ड दीपेन्द्रले नै रचेका हुन् भन्ने प्रत्यक्षदर्शी छन् र दिवंगत दीपेन्द्रको मनस्थिति र आन्तरिक तनावबारे पनि परिस्थितिजन्य प्रमाण हाजिर छन् । राजा ज्ञानेन्द्रको हकमा हत्याकाण्डको वेला उनी पोखरामा रहेको तथ्य कसैले इन्कार गर्दैन । उनको निजी परिवारका सबै सदस्य बाँचेकोमा उनीमाथि शंका गरिएको छ । तर उपलब्ध प्रमाणको सामु यो तथ्यले आफैंमा धेरै वजन पाउँदैन ।

यस सन्दर्भमा के कुरा पनि सम्झन जरूरी छ भने घटनामा ज्ञानेन्द्रको परिवारका सदस्य मात्र बचेका थिएनन्, बरु त्यो कोठामा रहेका आधाभन्दा बढी परिवारजन पनि बाँचेका थिए । आयोगको ‘ट्रान्स्क्रिप्ट’ ले दिएको सूचना अनुसार पनि उक्त घटनामा बाँच्नेहरुको विचार जनतासामु ल्याउन कुनै अनुसन्धानकर्ताको काम हुन सक्दछ ।

 यस घटनाका विषयमा बौद्धिक वर्ग नबोल्नुको कारण बौद्धिक जमातमाझ ज्ञानेन्द्रको आक्रोशको डर नभई जनतामाझ ज्ञानेन्द्रद्वारा नै षड्यन्त्र भएको छ भन्ने विश्वास बढ्न गएकोले, त्यस विश्वासको खिलाफ अड्न नसक्नु हो । अधिराज पारसको हकमा दीपेन्द्रको विध्वंस शुरू हुँदा उनले त्यो कोठाको एक भागमा रहेका बच्चाबच्चीलाई बचाउन ‘दाइ नमार्नोस्’ भन्दै हात फिंजाएको जानकारी ती नातेदार बालकहरुले दिएका छन् ।

उता, ज्ञानेन्द्रको परिवारलाई मात्र किन केही नभएको त भन्नेको जवाफ छ - रानी कोमललाई जाँच्ने डाक्टरको भनाइमा कोमलको छाती नै पूरा छेड्ने गरी गोली पसेको थियो र ‘रिब’ का हाडहरुलाई पनि चोट लागेको थियो । मुटु अलिकति मात्र छल्दै गोली फोक्सो छेडेर पछाडि ढाडबाट निस्केको थियो । गोली अलिकति यताउता भएको भए रानीको पनि आफ्ना जेठाजु, दिदी र अन्य परिवारजनसँग देहावसान निश्चित थियो ।
हालसम्म प्राप्त प्रमाण, प्रत्यक्षदर्शी तथा नजिक रहेकाहरुको भनाइ, तर्क तथा बृहत् पृष्ठभूमिको आधारमा जसरी र जताबाट हेर्दा पनि राजा ज्ञानेन्द्रले उनका दाइलाई मार्ने योजना बनाएको होइन भनेर ठोकुवा गर्न सकिन्छ ।

उसोत, नारायणहिटी नरसंहारमा नेपालका बुद्धिजिवी तथाकथितहरू सत्य बोल्न डरांउछन । शक्तिको पछि लाग्छन, बलेको आगो ताप्छन। दरबार हत्याकाण्ड प्रेम संबन्ध को कडी देवयानी संग नेपालका प्रहरी अनुसन्धान अधिकारीले छानबिन गर्ने हो भने सत्य कुरो बाहिर आउन सक्छ। तर, दलहरू त बढारेर फ्याक्नु पर्नेमा हावाले उडाएर लग्यो भनेर चुप लागेका छन। राजा ज्ञानेन्द्र निर्दोष हुन, तर उनको लागि बोलीदिने कोई छैन। हाँसी हाँसी वक्तब्य दिएर राम बनवास गए जसरी आफैंले मोटर चलाएर नागार्जुन जंगल जानु र त्यो दिनको उनको वक्तब्यले उनी ठुलो छाती भएका इमानदार र निष्ठावान राजा हुन् जो छिमेकीको षड्यन्त्र को सिकार भए

सुदूरको स्थानीय भाषमा एउटा उक्ति छ 'के खोज्छस् काना आखो',भने झै नेपालका दलहरुलाई राजाको शासन गइदिए हुन्थ्यो भने झैं भएको थियो । दलहरू विदेशीको बुई चढेर स्वार्थी बने तथ्य र प्रमाणको सङ्कलन र त्यसबाट प्राप्त निष्कर्षमा पुग्ने कोशिश गरेनन् ।

जसले पनि विना सिद्धान्त र पूर्वाग्रहग्री भएर मात्र काम–कुरा गर्छ भन्ने मान्यता आज नेपालीको राष्ट्रिय चरित्र नै भएको छ । त्यसैले षड्यन्त्रको पोखरीमा तुरुन्तै डुबुल्की मार्न भन्दापनि नारायणहिटी हत्याकाण्डको फेरि पनि एउटा औपचारिक अनुसन्धान र खोजी जरूरी छ, जसले नारायणहिटीको भूतबाट हामीलाई राम्ररी छुटकारा दिलाओस् र जनताले पनि तथ्यपरक बुझाइको आधारमा यो काण्डलाई आफ्नो मनबाट पन्छाउन सकून् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved